होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • गौमुलमा लकडाउनमा पनि योजनाहरु संचालन गरिदै
गौमुल

गौमुलमा लकडाउनमा पनि योजनाहरु संचालन गरिदै

  • नागरिक रैबार
गौमुलमा लकडाउनमा पनि योजनाहरु संचालन गरिदै

नागरिक रैबार/बाजुरा २ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाले लकडाउनको समयमा पनि गाउँपालिका भित्रका योजनाहरु संचालन गर्ने भएको छ ।

सरकारले काेरोना भाइरस काेभिड- १९ को सक्रमण फैलिन नदिन लकडाउनलाइ जारी राखेकाे छ । लकडाउनकाे समयमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाे भएपनि गाउँपालिकाले भने गाउँपालिका भित्र विभिन्न योजनाहरु सँचालन गर्न लागेकाे हाे ।

गाउँपालिकाले गत चैत्र ३० गते एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सवै वडा अन्तरगतका योजनाहरु सम्झौता भई निर्माणको चरणमा रहेका योजनाहरु विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड– १९) रोगका कारण सरकारले गरेको लकडाउनका कारण योजनाहरुको निर्माण कार्य स्थगित भएकोले बैशाख २ गतेबाट सवै प्रकारका योजनाहरुको निर्माण कार्य पुनः संचालन गर्न सवै वडालाइृ जानकारी गराएकाे छ ।

लकडाउनका कारण गाउँपालिका भित्र रोकिएका योजनाहरुको निर्माण कार्य सूरु गर्दा निर्माण स्थलमा ठुलो हुलहुज्जत नहुने गरि कामको बाँडफाँड र स–साना समूहहरु बनाई निर्माण कार्य गराउन सवै योजनाका उपभोक्ता समितिहरुलाई गाउँपालिकाले जानकारीका साथ अनुरोध गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार