होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ?
बलिउड/हलिउड

आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ?

  • नागरिक रैबार
आमिरको ‘लाल सिंह चड्ढा’ को रिलिज कहिले ?

मुम्बई – भारतीय कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ दर्शकमाझ प्रतीक्षित छ । कोरोना भाइरसका कारण यो फिल्म पनि प्रभावित बनेको छ ।

उनको यो फिल्म प्रतीक्षित फिल्ममध्ये एक हो ।कोरोना भाइरसका कारण अब यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । क्रिसमसको मौका पारेर यसै वर्ष रिलिज भनिएको फिल्म अर्को वर्ष रिलिज हुने भएको हो ।

फिल्मका निर्माताले यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न चाहँदैनन् । केही पाइपलाइनका फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भए पनि प्रतीक्षित फिल्मले रिलिज मिति सारेका छन् ।

विज्ञापन

कोरोना भाइरस र लकडाउनपछि आमिरले यो फिल्मको शूटिङ थालेका छन् । फिल्मको कलकत्ता, पञ्जाव, राजस्थान, गुजरात लगायत कैयन् ठाउँमा छायांकन गरिएको छ ।हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा आमिर खान र करीना कपूरको जोडी देख्न सकिनेछ । आमिर र करीनाले यसअघि ‘थ्री इडियट्स’ र ‘तलास’ मा काम गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार