शुक्रबार, अशोज ९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसमा प्रवेश नगरेको भन्दै हिमालीमा नेकपाका कार्यकर्तामाथि कुटपिट
बाजुरा बिशेष

काँग्रेसमा प्रवेश नगरेको भन्दै हिमालीमा नेकपाका कार्यकर्तामाथि कुटपिट

  • नागरिक रैबार
काँग्रेसमा प्रवेश नगरेको भन्दै हिमालीमा नेकपाका कार्यकर्तामाथि कुटपिट

नागरिक रैबार/बाजुरा १९ भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ रुगीनमा नेपाली काँग्रेसका कार्यकर्ताले नेकपाका ६ जना कार्यकर्ता माथि कुटपिट गरेका छन् ।

विहिबार राति हिमाली गाउँपालिका वडा नं. ५ को आयोजनामा भएको पाटीको नेकपाका कार्यक्रताले नेपाली काँग्रेसमा प्रवेश नगरेको भन्दै नेकपाका ६ जना कार्यकर्तामाथि कुटपिट गरिएको हो ।

काँग्रेसले आयोजना गरेको भेलामा नेकपाका कार्यकर्ता प्रवेश नगरेको भन्दै नेपाली काँग्रेस बाजुराका उप-सभापति तथा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल र सोही वडाका वडा अध्यक्ष अम्मलाल कार्कीको निर्देशनमा नेकपाका कार्यकर्ता माथि कुटपिट भएको बुझिएको छ ।

विज्ञापन

विश्व कोरोनाको सन्त्रास खेपिरहेका बेला बाजुरा जिल्लामा भने नेपाली काँग्रेसले दिनहुँ जिल्लाभर गाउँगाउँमा पार्टीका भेला र पार्टी प्रवेश गर्ने कार्यक्रम संचालन गर्दै आएको छ ।

सरकारले महामारीका बेला सामुहिक भेला, जमघट गर्न नदिन प्रतिवन्ध गरेको छ । तर बाजुरामा भने चुनावी प्रचार प्रसार जस्तै गरेर नेपाली काँग्रेस बाढीपहिरो पिडितलाई राहत बाड्ने निहुँमा गाउँगाउँमा पुगेर पार्टी प्रवेश गराउँदै आएको देखिन्छ ।

प्रत्येक जिल्लामा अप्ठ्यारो परेका बेला के गर्नु हुने र गर्न नहुने राज्यले मापदण्ड बनाएको छ । सबैलाई यो मापदण्डले काम गर्ने सबै नागरी ले यो नियम कानुन को पालना गर्नु पर्ने छ । तर हिमालि गाउँपालिका अध्यक्ष गोबिन्द बहादर मल्लको नेतित्वमा हिमालि गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेसले गाउँमा ठुलो आमसभा राखेको थियो ।

सोही कार्यक्रममा नेकपाबाट कुनैपनि कार्यकर्ताले काँग्रसर्मा प्रबेश नगरेपछि एकाएक वडा नं ५ का वडा अध्यक्ष अम्मलाल कार्कि र गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको आदेशमा नेकपाका कार्यकर्ता माथि कुटपिट भएको प्रत्येक्ष दर्शी धनबहादुर भण्डारीले बताएका छन् ।

भण्डारीका अनुसार नेकपाका कार्यकर्ता माथि कुटपिट गर्नेमा गाउँकै बागेश्वरी माबिका प्रधानध्यापक दानसिंह बुडथापा, ५ नं वडा अध्यक्ष अम्मलाल कार्की, काँग्रस कार्यकर्ता दिपक भण्डारी, सुरबढुथापा, धनसुर कार्की, सेरबहादुर भण्डारी लगायत ५० बढीको समूहले आक्रमण गरेका हुन् ।

काँग्रसका कार्यकर्ताको कुटाईबाट घाईते हुनेमा नेकपाका डव्वले लवार, गूरुचन्द्र भण्डारी, कर्न भण्डारी, जयविर सार्की, दशरथ सार्की, गंगा भण्डारी रहेका छन् । उनीहरु सवैको टाउको, ढाड र खुट्टामा गम्भिर चोट लागेको बताईएको छ । जसमध्ये डव्वले लवारको टाउकोमा ५ वटा टाँका लागेको छ भने गुरुचन्द्र भण्डारीको आँखामा गम्भिर चोट लागेको छ ।

यता प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने घटनामा सलग्न हुने सवैलाई कानुनी कारवाही गरिने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार