होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जुम्लाका सीडीओलाई कोरोना संक्रमण
स्वास्थ्य-जीवनशैली

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

  • नागरिक रैबार
जुम्लाका सीडीओलाई कोरोना संक्रमण

१९ भदौ, सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ ।

‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कर्तव्य पालनको सिलसिलामा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु,’ प्रजिअ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले आइसोलेसनमा बसेको छु । कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला । छिट्टै तपाईंहरुको सेवामा फर्किनेछु ।’

विज्ञापन

प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार