होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पेटमा ग्यासको समस्या निम्त्याउने ५ तरकारी
समाचार

पेटमा ग्यासको समस्या निम्त्याउने ५ तरकारी

  • नागरिक रैबार
पेटमा ग्यासको समस्या निम्त्याउने ५ तरकारी

एजेन्सी – ‘ब्लोटिङ’ अर्थात पेट फुल्ने समस्याबाट प्राय मानिस पीडित भइसकेका छन् । पाचन प्रक्रियामा समस्या आएपछि पेटमा ग्यासको समस्या पैदा हुन्छ । कुनै चीजले पेटमा ग्यास बनाउन मद्दत गर्छ । र, पेट फुल्ने समस्या हुन्छ ।

यसमध्ये, केही तरकारी यस्ता छन् जसले पेटमा ग्यास पैदा गराउँछ ।

कटहर
कटहर पाकेपछि खाँदा जति मिठो हुन्छ त्यति नै काँचो हुँदा तरकारीको रुपमा पकाएर खाँदा पनि मिठो हुन्छ । तरकारी पकाउँदा मासु जस्तै देखिन्छ । कटहरमा भारी मात्रामा पोषक तत्व पाइन्छ । तर, ग्यासको समस्याबाट पीडित व्यक्तिहरुले यसको तरकारी खानुहुँदैन । यसले शरीरमा ग्यासको मात्रा झन् बढाउँछ ।

विज्ञापन

पिडालु
पिडालु सर्वसुलभ तरकारी हो । यसलाई झोल हालेर वा सुख्खा दुवै तरिकाले पकाउन सकिन्छ । यसलाई दालमा मिसाएर समेत पकाउन सकिन्छ । तर, यसले पेटमा भने ग्यासको समस्या पैदा गराउँछ । यसको तरकारी खान निकै रुचाउने व्यक्तिले यसको तरकारीमा अजवाइन हालेर खाने गर्नुपर्छ । जसले ग्यासको समस्या हुन दिँदैन ।

मुला
मुलालाई विशेषतः सलादको रुपमा खाने गरिन्छ । भने, मुलाको तरकारी पनि खाने गरिन्छ । मुला खाँदा ग्यासको समस्या हुन्छ भने यसमा पनि अजवाइन हालेर खान सकिन्छ ।

सेतो चना
मोटो र ठूलो हुने सेतो चना तरकारीको रुपमा निकै स्वादिष्ट हुन्छ । तर यसले ग्यासको समस्या गराउँछ त्यसैले त्यसबाट बच्न चनाको बोक्रा फालेर खाने गर्नुपर्छ ।

राजमा
धेरै जसो राजमा भातसँग खाने गरिन्छ । यसले पनि ग्यासको समस्या पैदा गराउँछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार