होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली
समाचार

म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
म राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

काठमाडौं १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।

उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

विज्ञापन

केहीले (अविश्वासको प्रस्ताव (?) ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार