होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि
समाचार

अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि

  • नागरिक रैबार
अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि

१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।

अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा ८० इक्लेक्टोरल भोट परेको छ ।

 

विज्ञापन

१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् । त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।

सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ । फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार