होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाउँसभा नहुँदा तलबै रोक्का
समाचार

गाउँसभा नहुँदा तलबै रोक्का

  • नागरिक रैबार
गाउँसभा नहुँदा तलबै रोक्का

राजविराज — सप्तरीका चार स्थानीय तहले चालु वर्षको गाउँसभा नगर्दा चाडपर्वका बेला पनि कर्मचारीले तलबभत्ता पाएका छैनन् । बजेट विनियोजन रोकिएर नयाँ खाता सञ्चालन गर्न र अख्तियारीसमेत दिन नसक्दा कर्मचारीको बिजोग भएको हो ।

गत असारमै हुनुपर्ने गाउँसभा विभिन्न किचलोका कारण पर सरिरहँदा विकास निर्माण र नयाँ योजना ठप्प छन् । छिन्नमस्ता, विष्णुपुर, बलान बिहुल र राजगढ गाउँपालिकामा यस्तो भएको हो ।

आर्थिक वर्ष सुरु हुनुभन्दा अगावै असार १० भित्र गाउँसभाका सबै प्रक्रियाहरू सम्पन्न गर्नुपर्ने प्रावधान छ । गाउँसभा सुरु गरिएको भए पनि जनप्रतिनिधिहरूबीचकै मनमुटाव र बजेट बाँडफाँटमा कुरा नमिल्दा समस्या भएको हो ।

विज्ञापन

‘गाउँसभा सुरु गर्‍यौं, सम्पन्न हुन पाएन,’ विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भयो, अन्य विषय बाँकी नै छ । बजेट पारित हुन सकेको छैन ।’ जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा कुरा नमिल्दा गाउँसभाको काम पूरा हुन नपाएको उनले बताए ।

राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले कार्यपालिका सदस्यहरूकै कारण गाउँसभा हुन नसकेको बताए । ३४ जना कार्यपालिका सदस्य रहेको राजगढमा १७ जना अध्यक्षसँग र १७ जना विपक्षमा गएपछि गाउँसभा सम्पन्न हुन नसकेको हो । बलान बिहुल गाउँपालिकामा पनि अवस्था उस्तै छ ।

‘दसैं बित्यो हामीले तलब पाएनौं,’ उक्त गाउँपालिका कार्यालयका एक कर्मचारीले भने, ‘जनप्रतिनिधिहरूबीचको लडाइँले हामी समस्यामा परेका छौं ।’ बलान बिहुल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच लामो समयदेखि मनमुटाव छ । छिन्नमस्ता गाउँपालिकामा पनि अझै गाउँसभा हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार