होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की
बलिउड/हलिउड

गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की

  • नागरिक रैबार
गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की

काठमाडौं । बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेका छन् ।

एक महिनादेखि निरन्तर त्यस्तो धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

बिहारका ति व्यक्तिले गायक झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । धम्की दिनेले गायक झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको हो ।

विज्ञापन

प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ । अपराध अनुसन्धान गर्ने प्रहरी निकाय परिचालित छ । गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् । दैनिक नेपालबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार