होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सलमानले रोजे नयाँ नायिका
बलिउड/हलिउड

सलमानले रोजे नयाँ नायिका

  • नागरिक रैबार
सलमानले रोजे नयाँ नायिका

मुम्बई ।   बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘दवँग–३’का लागि नयाँ नायिका रोजेका छन् । यो फिल्ममा सोनाक्षी सिन्हा नायिका छिन् । सलमानको चरित्र चुलबुल पाण्डेको यो फिल्ममा युवा अवस्था र वयस्क अवस्था प्रस्तुत गरिँदैछ । वयस्क सलमानको पत्नीको भूमिकामा सोनाक्षी सिन्हा हुनेछिन् ।

युवा सलमानको नायिकाको रूपमा यो फिल्मका लागि नव अभिनेत्री अश्वामी माञ्जरेकर चयन भएकी छन् । नव अभिनेत्री अश्वामी निर्माता निर्देशक महेश माञ्जरेकारकी छोरी हुन् ।
अश्वामी केही समयदेखि नायिका बन्नको लागि विभिन्न तयारी गर्दै छन् । तयारीकै क्रममा सलमानले उनलाई दवँग ३ का लागि चयन गरेको समाचार छ । अहिले फिल्म दवँग ३ को छायांकन जारी छ । यो फिल्मलाई सलमानले आगामी डिसेम्बरमा रिलिज गर्दै छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार