होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
सिनेमा

कमेडीतिर ध्यान

  • नागरिक रैबार
कमेडीतिर ध्यान

काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी रुचाइएको विधा हो, ‘कमेडी’ । हरकोही निर्माता कुनै न कुनै तरिकाले आफ्नो फिल्ममा कमेडी पस्किरहेका छन् । फिल्मभित्र एक्सन, एडभेन्चर र कमेडी संसारभर सबैभन्दा बढी चलेका विधा हुन् । यीबाहेक क्राइम, ड्रामा, फेन्टासी, हरर विधाका फिल्म पनि बन्ने गरेका छन् । संसारभरका दर्शकलाई हेर्ने हो भने युरोपेलीहरू लभ–ड्रामा र रोमान्समा रमिरहेका छन् भने एसियाली मुलुकका दर्शक लभ र एक्सनमा ।

सन् २००० को दशकपछि कमेडी फिल्मलाई फ्यामेली ड्रामा र एनिमेटेड फिल्मले खाइदियो । त्यसपछि कमेडी फिल्मको ‘सिक्वेल’ बन्न छाडेको हो । हाल हलिउड फिल्ममा साइन्स फिक्सन र एनिमेसनको प्रभाव बढ्दो छ । यता बलिउड बायोपिकतिर मोडिएको छ । अनि नेपालमा कमेडीले बजार पिटिरहेको छ ।

‘छक्कापञ्जा’ एक, दुई, तीन लगातार बक्स अफिसमा ब्लकबस्टर भइरहँदा ‘शत्रुगते’, ‘दाल भात तरकारी’को चर्चा पनि कम भएन । पे्रमकथा, एक्सन, समसामयिक मुद्दा उठाइएका फिल्मभित्र पनि दर्शक हँसाउन विभिन्न परिवेश सिर्जना गरिए । नेपाली फिल्ममा कमेडीको प्रभाव कति परेको छ भने रोमान्टिक फिल्म खेल्दै आएका नायक नायिकासमेत हास्य भूमिकामा देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो— छायांकनका क्रममा रहेको फिल्म ‘पोइ प¥यो काले’ र यसका कलाकार ।

विज्ञापन

लेखक जोस केस्निकका अनुसार इन्टरनेटको विकाससँगै कमेडी फिल्म हेर्नकै लागि दर्शक हलसम्म जान छाडेका छन् । छोटा कमेडी कार्यक्रम युट्युबमा हेर्ने ट्रेन्ड बढेको छ । विश्व फिल्म बजार निरन्तर उकालो लागिरहेछ । प्रविधिको प्रयोग बढ्दो छ । फिल्म बनाएर आफ्ना विचार पोख्न पहिलेभन्दा सहज छ । कमेडी फिल्म स्थापित गराएका अभिनेता दीपकराज गिरी भन्छन्, ‘छक्कापञ्जा हिट भयो भन्दैमा सबैले त्यस्तै फिल्म बनाउन सक्छु भन्ने सोच्नु हुँदैन ।’

के हँसाउन सजिलो छ ? छैन । हँसाउन सजिलो नभएको हास्यकलाकार आफंै बताउँछन् । ‘जब सिर्जनशीलता बिनाको हास्यव्यंग्य पस्कन थाल्छन् तब त्यो भद्दा बन्छ’, गिरी भन्छन् । ‘कागजपत्र’ बिदेसिन चाहेका नेपाली युवाको निकै राम्रो कन्टेन्ट बनेको फिल्म थियो तर यसले दर्शक हँसाउने बाटो रोज्यो । फिल्मभरि ‘डबल मिनिङ’ लाग्ने संवाद प्रयोग गरियो ।

मह जोडीको ‘दाल भात तरकारी’ले दर्शक हँसाउन लाउड परफरमेन्सको सहारा लियो । नेपाली फिल्ममा देखिइरहेको रमाइलो पक्ष के छ भने प्रेमकथा र एक्सन फिल्मले पनि दर्शक हँसाउन थाले । फिल्म ‘वीरविक्रम–२’ मा बाघबहादुर (बुद्धि तामाङ) क्यारेक्टरलाई भरसक दर्शक हँसाउन बढीभन्दा बढी समय दिइयो । सुनकाण्डको कथा ‘जात्रैजात्रा’ले पनि दर्शक हँसाएकै हो । एक्सन फिल्म ‘काउसो’ पनि हँसाउनकै लागि बनेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार