होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • छोरी बलात्कार गर्नेलाई जन्मकैद
समाज

छोरी बलात्कार गर्नेलाई जन्मकैद

  • नागरिक रैबार
छोरी बलात्कार गर्नेलाई जन्मकैद

स्याङ्जा, ३० जेठ । छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो ।

ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार हाडनातामा मात्रै १० वर्ष र थप जन्मकैद हुने गरी फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद आचार्यले जनाए ।

जिल्ला अदालतले जबरजस्ती करणीका अरु तीन अभियुक्तलाई पनि सजाय तोकेको छ । पुतलीबजार नगरपालिका–१ हुलाक रोडस्थित रेमन्ड टेलर्सका नैयर अहमदलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति, स्थानीय तरकारी व्यापारी एवं ट्याक्सी चालक दीपक नेपाली र खुमादेवी मानन्धरलाई ४र४ वर्ष कैद सजाय तोकिएको हो ।

विज्ञापन

उनीहरू २ वर्षअघि १४ वर्षीया किशोरीमाथिको करणी मुद्दामा संलग्न थिए । यसैगरी अर्की १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा पुर्पक्षमा रहेका १९ वर्षीय प्रकाश नेपालीलाई पनि जिल्ला अदालतले सोमबार ७ वर्ष कैद तोकेको छ ।

पर्वतको कुस्मा–१४ घर भई हाल पुतलीबजार–१ गौरीबजार बस्दै आएका प्रकाशविरुद्ध पीडितले ०७५ वैशाख ३० गते जिल्ला प्रहरीमा जाहेरी गरेकी थिइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै