होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बझाङमा मोटरसाइकल दुर्घटना
Breaking News

बझाङमा मोटरसाइकल दुर्घटना

वडासदस्यको मृत्यु

  • नागरिक रैबार
बझाङमा मोटरसाइकल दुर्घटना

बझाङ, जेठ ३० । बझाङमा मोटरसाइकल दुर्घटनामा परि एक वडासदस्यको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडासदस्य नरेश महरको मृत्यु भएको हो ।

बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र जोशीसहित वडासदस्य नरेश महर घाइते भएका थिए । घाइते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल वडा सदस्य महरले चलाएको जनाइएको छ । घाइते वडाअध्यक्ष जोशिको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ ।

विज्ञापन

‘मृतक महरको टाउकोमा चोट लागेको थियो।’ जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले भने । गम्भीर घाइते महरको थप उपचारका लागि काठमाडौं लैजानका लागि हेलिकोप्टर मगाएको भएपनि समयमा नै हेलिकोप्टर नपुग्दा उनको मृत्यु भएको आफन्तले जनाए।

सुदुरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि