होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान !
बलिउड/हलिउड

कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान !

  • नागरिक रैबार
कमिक एक्सन थ्रीलर फिल्म लिएर आउँदै शाहरुख खान !

बलिउडका किङ खान शाहरुख खान कमिक एक्सन थ्रीलर फिल्ममा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् । पछिल्लो समय फिल्म ‘जिरो’ हिट नभएपछि उनले कुनै फिल्ममा काम गरेका छैनन् । शाहरुख खानका फ्यानलाई अब उनी कुन फिल्म लिएर आउलान् भन्ने चासोको विषय बनेको छ ।

मिडिया रिपोर्टसका अनुसार शाहरुखले एक स्टाइलिस एक्सन फिल्म साइन गरेका छन् । जुन फिल्मको शूटिङ सन् २०२० बाट हुनेछ । फिल्मलाई भारत र विदेशमा समेत छायांकन गरिनेछ ।

एक्सन सिक्वेन्सका लागि विदेशबाट कुनै क्रुलाई फिल्ममा सामेल गराइनेछ । अहिले फिल्मको स्किृप्टको तयारी भइरहेको छ । खबरका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार