होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सेवा सम्झौता
विजनेश

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सेवा सम्झौता

  • नागरिक रैबार
ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सेवा सम्झौता

शुक्रबार, वैशाख २०, २०७६

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएकाे छ ।

उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।

विज्ञापन

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा। सुदिप श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

“जीवन बचाउन जिन्दगी भरीको बचत चाहिंदैन” भन्ने मुल नाराका साथ स्थापनाकाल देखि नै एउटा नौलो आयाम सहित क्यान्सर लगायत अन्य घातक रोग विरुद्ध उपचारको लागि अर्थिक सहयोग पुर्याउने उद्देश्य सहित आकर्षक बीमा योजनाहरु बजारमा ल्याउने पहिलो नेपाली कम्पनीको रुपमा रहेको ज्याति लाईफ इन्स्योरेन्स र “नेपालीको क्यान्सर उपचार नेपालमा नै” भन्ने मूल नाराका साथ सर्वसुलभ मूल्यमा नै विदेशमा लाग्ने उपचार खर्चभन्दा कम खर्चमा उच्चस्तरिय उपचार प्रदान गर्ने उद्देश्यले संचालित भएकाे इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्रीज्यूले बताए ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बिचको सम्झौतासंगै क्यान्सर विरुद्ध जनचेतना फैलाउन तथा समयमानै क्यान्सर रोगको पहिचान गर्न संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरुमा सहकार्य गरी अघि बढ्ने जनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार