होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • बेपत्ता भएको १७ दिनपछि भेटियो शव
प्रदेश १

बेपत्ता भएको १७ दिनपछि भेटियो शव

  • नागरिक रैबार
बेपत्ता भएको १७ दिनपछि भेटियो शव

वैशाख १९

विराटनगर : घरबाट सम्पर्क बिहीन भएको १७ दिनपछि मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनमा ५१ वर्षीय कुमार खड्काको शव फेला परेको छ।

गत वैशाख २ गतेबाट सम्पर्क बिहीन भएका खड्का बिहीबार साँझ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका खड्का दुई दिन धरानमा आफन्तकोमा बसेको खुलेको छ।

विज्ञापन

छोरा विवेक खड्काले सामान्य वादविवाद गरेर घरबाट बुवा निस्किएको र २ दिन धरानमा आफन्तकोमा बसेपछि सम्पर्क बिहीन भएको प्रहरीलाई बताएका छन्।

घोप्टो परेको शव सडेर वरपर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।

प्रहरीका अनुसार मृतक खड्काको साथमा २ वटा विषादीका बट्टा र केही पैसा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पुर्याएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार