होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ३
  • इन्धनको मूल्य बढ्यो : पेट्रोल १११ पुग्यो
प्रदेश ३

इन्धनको मूल्य बढ्यो : पेट्रोल १११ पुग्यो

  • नागरिक रैबार
इन्धनको मूल्य बढ्यो : पेट्रोल १११ पुग्यो

वैशाख १९

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ।

विज्ञापन

अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो।

निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।

इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार