होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते
राजनीति

नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते

  • नागरिक रैबार
नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते

वैशाख १९

दाङ : नेकपाका नेता चढेकाे कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै