होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
असोज १७ – कैलालीमा सेवाग्राही बाट घुस लिदै गर्दा सशस्त्र प्रहरी सहायक हवलदार र जवान रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर बाट खटिएको टोलीले भारत बाट आउने समानमा सहजीकरण गरि दिने भन्दै सेवाग्राही बाट लिएको २० हजार घुस सहित दुई जना लाई पक्राउ गरेको हो। अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतको टोलीले […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । […]
बारा : घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र मुखियासहित पाँचजनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, […]
दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका […]
एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज […]
काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहा बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद […]
बाजुरा जिल्लामा पछिल्लो समय यातायातको सहज पुहुँचसंगै युवाहरु सृजनशिल काममा अघि बढेकोमा नेकपा जिल्ला कमिटी सदस्य नरेश कुमार रोकाया र बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले खुशी व्यक्त गर्नु भएको छ । स्वामीकार्तिक अटो पाट्स एवं बजाज कम्पनीको सर्भिस सेन्टर तथा विक्री केन्द्रको संयुक्त रुपमा रिवन काटेर समुद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १३असोज। भदौ १६ गते देखि बेपत्ता भएका जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मार्तडी गैरीबजारका २४ वर्षिया लालबहादुर विक एक महिना पछि शकुसल फेला पारेका छन् । भारतको पन्जबमा विकलाई शकुसल फेला पारेको आभाश बडुवालले बताएका छन् । नेपाल तरुण दल भारत गजियाबद सक्रिय सदस्य टेक बडुवाल र आभाश बडुवालकाे पहँलमा बिकलाइ फेला पारेकाे […]
रोल्पा, १३ असोज । रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिबाङमा सोमबार भएको बस दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र […]
१३ असोज, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]
नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । कम्पनीका अनुसार फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु छन् । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ गतेदेखि नै लागू भएका छन् । फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म यो अफर रहिरहनेछ […]
काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ […]
नागरिक रैबार/बाजुरा १३असोज। बाजुरा जिल्लाभित्रका हिंसा पीडित महिलाहरुका लागि सदरमुकाम मार्तडीमा निर्माण भएको आवासगृह यतिबेला दोहोरा हिंसाको मार खेपिरहेको छ । जिल्लाभित्रका विभिन्न प्रकृतिका घटनाबाट पीडित भएका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुचका लागि सहज वातावरण सृजना गर्न आवासगृहको निर्माण भएको हो । २०७३ साल जेठबाट संचालनमा आएको उक्त आवासगृह तत्कालिन जिल्ला विकास समिति बाजुराको महिला […]
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि गाडी हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ ओटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् । गाडी खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि […]
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ । उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको नेपाल आयल निगमले जनाएको छ । खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । निगमले असोज ३ […]
अर्जुन शाह (धनगढी) — बाजुरामा उत्पादित स्याउ धनगढीको बजारमा पुर्याइएको छ । यसअघि बजारमा पुर्याउन नसकेर सडेर जाने स्याउ पहिलो पटक बजारमा पुगेको हो । बाजुराकै एक सहकारी संस्थाले बुधबार बिहान धनगढी ल्याइपुर्याएको उक्त स्याउ यहाँको बजारमा यसअघि बिक्रि भइरहेको मूल्यभन्दा सस्तोमा उपलब्ध हुने सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।विगतका वर्षहरुमा बजार नपाएर बारीमै कुहिने […]
काठमाडौं : मुलुकको अर्थतन्त्र महँगिको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्य वृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। ‘वैशाखदेखि लगातार मूल्य वृद्धि बढ्दोक्रममा छ’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट भन्छन्। उनका अनुसार तरकारी, माछामासुको आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी […]
काठमाडौं – गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल […]