होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मदिराको ट्याङ्कीमा खसेर ५ जनाको मृत्यु
समाचार

मदिराको ट्याङ्कीमा खसेर ५ जनाको मृत्यु

  • नागरिक रैबार
मदिराको ट्याङ्कीमा खसेर ५ जनाको मृत्यु

बारा : घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र मुखियासहित पाँचजनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहर रहेका छन्।

घरेलु रक्सी उत्पादनका लागि घरभित्रै बनाइएको भूमिगत टयाङ्कीमा बुधबार बेलुकी साढे ७ बजेतिर गुलाब चन्द पसेका थिए। टयाङ्कीभित्र पसेका गुलाब चन्द, बाहिर ननिस्किएपछि उनलाई हेर्न टयाङ्कीभित्र पालै पालो पसेका घरमुली जोगासहित अरु चार जनाको पनि मृत्यु भएको हो। जोगा मुखियाको घरमा लामै समयदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको थियो।

विज्ञापन

गत भदौ २३ गते प्रहरीले उनको घरमा छापा मारेर छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो। त्यसपछि मुखियाले घरभित्र नै सिमेन्टको भूमिगत टयाङ्की बनाएर फेरि घरेलु रक्सी उत्पादन गर्दै आएका थिए। मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ।

पक्की घरभित्र चारैतिरबाट पर्खाल लगाएर जमिन मुनि बनाइएको झण्डै ५ फिट गहिरो भूमिगत टयाङ्कीभित्र मदिरा बनाउनका लागि कुहाइएको वस्तुबाट विषाक्त ग्यास बन्न गइ अक्सिजनको कमीका कारणले निसास्सिएर उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। तर मृत्युको यकिन कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।’टयाङ्कीभित्र पसेका बेला अक्सिजनको कमी भइ निसास्सिएर वा अन्य कारणले मृत्यु भएको बारेमा अनुसन्धान भइरहेको छ’, उनले भने ,‘यकिन कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।’

बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखियाको घरभित्र घरेलु रक्सी उत्पादनका लागि बनाइएको भूमिगत टयाङ्की । 

बुधबार राति टयाङ्की भित्रबाट शव निकाल्ने क्रममा अक्सिजनको कमी हुन गइ प्रहरीसमेत बेहोश हुने अवस्था आएपछि टयाङ्कीको दुईतिरको पर्खाल भत्काएर शव निकालिएको बुधबार राति घटनास्थलमा पुगेर फर्किएका बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले बताए।

प्रहरीले मृत्युको यकिन कारण खुल्न नसकेको बताए पनि स्थानीयले भने घरेलु मदिरा उत्पादनका लागि बनाइएको भूमिगत टयाङ्कीभित्र पसेका बेला करेन्ट लागेर पाँचै जनाको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन्।

‘टयाङ्कीमाथि बनाइएको पर्खालमा दुई-दुई वटा भेन्टिलेटर छ, त्यहाँ अक्सिजनको कमी भएर एकै पटक पाँच जना निसास्सिएर मर्ने अवस्था नै छैन’, मृतक जोगाका छिमेकी बड्खडी मुखियाले भने, ‘रक्सी बनाउन कुहाउन राखिएका वस्तु तताउन, टयाङ्कीभित्र हिटर फिट गरिएको र त्यहि हिटरबाट टयाङ्कीभित्र करेन्ट प्रवाह भएका बेला पसेका उनीहरुको करेन्ट लागेर मृत्यु भएको हुन सक्छ।’

 बिहीबार घटनास्थलमा पुगेका स्वास्थ्यकर्मी अली अकबर हुसेनले पनि टयाङ्कीको अवस्था हेर्दा अक्सिजनकै कमी भइ निसास्सिएर ५ जनाको एकैपटक मृत्यु हुने अवस्था नदेखिएको बताए। ‘४-५ फिट गहिराइको टयाङ्की छ, त्यसमा पनि माथितिर दुईवटा भेन्टिलेटर पनि छ’, उनले भने, ‘यी सबै हेर्दा एकै पटक पाँच जनाको निसास्सिएर मृत्यु हुने अवस्था देखिँदैन, पोष्टमार्टम रिपोर्ट आएपछि यकिन कारण खुल्छ होला।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार