होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महरा निर्दोष भएको भन्दै पिडित महिला नै निवेदन बोकेर प्रहरीकोमा पुगिन्
समाचार

महरा निर्दोष भएको भन्दै पिडित महिला नै निवेदन बोकेर प्रहरीकोमा पुगिन्

  • नागरिक रैबार
महरा निर्दोष भएको भन्दै पिडित महिला नै निवेदन बोकेर प्रहरीकोमा पुगिन्

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

एक अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् । उनले सभामुख महराले आफूमाथि कुनै पनि दुव्र्यवहार नगरेको दावी समेत गरेकी छन् । ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत आज भइसकेको छ ।

विज्ञापन

महराले मलाई यौन दूव्र्यवहार गर्नुभएको छैन् , मैले रिसको झोकमा आरोप लगाएको हो -रोशनी शाही
महरा सरमाथीको आरोपमा कुनै सत्यता छैन् : पिडित महिलाका श्रीमान् 

साभार काठमाण्डाैपाटीबाट  

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार