होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जीवन कैला बाजुरा कोल्टी १२ बैशाख नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढिनन्दा नगर संगठन कमिटिले बुढीनन्दा नगरपालिका भित्र राहात पाउन छुटेका अतिविपन्न ब्यक्ति तथा परिवारहरुको लगत संकलन गरी राहात वितरण गर्न नगरपालिकासंग माग गरेको छ । नेकपा बुढिनन्दा वडा संगठन कमिटीले नगरको वडा नं एक भित्रका राहात पाउन योग्य केहि ब्यक्ति छुटेकाले उनीहरुको लगत संकलन गरी […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
रामकृष्ण अधिकारी । काठमाडौं १२ बैशाख । सरकारले ४ दिनअघि ल्याएका दुवै विवादितअध्यादेश फिर्ता गर्न वाध्य भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् । ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने […]
काठमाडौं १२ बैशाख । त्यही भूकम्प जसले २०७२ बैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको गएको थियो । ९ हजार जनाको ज्यान लिएको थियो । अहिलेसम्म पुनर्निर्माण सकिएको छैन । रानीपोखरीको पुनर्निर्माण गर्ने भनी त्यहींबाट पुनर्निर्माण थालिएको पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन । समय सकिँदैछ । भूकम्पपीडितले अहिलेसम्म राहत नपाएको अवस्था पनि […]
काठमाडौँ १२ बैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् । सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार […]
बैशाख ९ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी सचिवालय बैठकमा ओलीले ‘पार्टी त्यागेर आउँछौं’ भन्नेहरुलाई परेको बाधा खुलाउन आवश्यक परेको बताए । ‘अरू पार्टीका केही नेतासंँग त्यही ढंगले […]
दयाराम पण्डित । चैत २४ बाजुरा। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमित पहिचान गर्न बाजुरामा थप स्वास्थ्य स्वयंसेवकको आवश्यकता परेको छ । जिल्लामा कार्यरत २९६ वटा कर्मचारी आ-आफ्नो ड्युटीमा व्यस्त छन् । “ मौजुदा कर्मचारी हेल्थ डेस्क, क्वारेन्टाइन स्वास्थ्य संस्था, ज्वरो क्लिनिक र अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न पुगनपुग छन् । […]
काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ । कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका […]
चैत १४ धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह […]
नागरिक रैबार । चैत १२ काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्। ओलीको सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ […]
काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले महामारीकाे रूपमा लिएकाे कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले काेराेना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको छ अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ […]
काठमाडौँ — सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ। नेपाली नागरिकको प्रमाण र […]
नागरिक रैबार । चैत ११धनगढी : सोमवार साँझ मात्रै संघीय सरकारले निर्णय गर्दै भन्यो, ‘सीमा नाकामा अलपत्र परेका नेपालीलाई प्रवेशमा अनुमती दिनु।’ तर उक्त निर्णय गरेको केही समयमै फेरी संघीय सरकारले नै आज विहान ६ बजेदेखि एक साता सम्मका लागि लकडाउन गर्ने निर्णय ग¥यो। पहिलो निर्णय कार्यान्वयन गर्न नपाउँदै दोश्रो निर्णयको कार्यान्वयनमा जुटेको कैलाली प्रशासन अहिले […]
नागरिक रैबार चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो। कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
नागरिक रैबार बाजुरा – सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो । उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, […]
चैत १० कैलाली । कञ्चनपुरपछि कैलालीमा समेत अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।
चैत १० काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिएको छ । कतारबाट आएकी नेपालीमा कोरोना देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]
काठमाडौं । नेपालकाे राजधानी काठमाण्डाैँमा कोरोनाको एकजना विरामी भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते फ्रान्सबाट फर्केका १९ वर्षीय एक युवतीमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले गरेको आकस्मिक पत्रकार सम्मेलनमा संक्रमित नेपालीको जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए प्रवक्ता सापकोटाका अनुसार संक्रमित […]