होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंमा कोरोना संक्रमित महिलासँगै आएकाहरुको खोजी गरिँदै
समाचार

काठमाडौंमा कोरोना संक्रमित महिलासँगै आएकाहरुको खोजी गरिँदै

  • नागरिक रैबार
काठमाडौंमा कोरोना संक्रमित महिलासँगै आएकाहरुको खोजी गरिँदै

चैत १० काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिएको छ । कतारबाट आएकी नेपालीमा कोरोना देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार सम्मेलनमा भने ६१२ जनालाई कोरोना परीक्षण गरेको तर, कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको बताएको थियो ।

विज्ञापन

गत मंगलबार नमुना संकलन गरिएको उनीलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ ।

उनलाई हाल टेकु अस्पतालमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

उनका आफन्तलाई होम-क्‍वारेन्टाइनमा राखिएको र नमुना संकलन गरिएको छ ।

यसअघि माघ ९ गते चीनबाट आएका एक नेपालीमा पनि कोरोना देखिएको सरकारले पुष्टि गरेको थियो । उनलाई अहिले उपचारपछि निको भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार