होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा ५ साउन। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेको १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे । जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी […]
प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए। बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई तीन मिनेटको दरले समय दिएका थिए। सुरूमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत बोलेका थिए। त्यसपछि सांसद पूर्णकुमारी सुवेदी बोलेकी थिइन्। सुवेदीपछि बोल्ने […]
नागरिक रैबार/बाजुरा ३ साउन।कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ज्ञान केन्द्रले २०७८/८९ बाजुरामा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रशाद पनेरूको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका […]
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती पनि गण्डकी, […]
नागरिक रैबार / बाजुरा,२ साउन। बाजुरामा दलित महिला शसक्तिकरण संस्थाको स्थापना गरिएकाे छ । बाजुराका ९ वटैपालिकामा सामाजिक क्षेत्रमा काम गर्ने गरि जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएकाे साे संस्थाकाे कार्यालय मार्तडीबाट संचालन हुने गरि आज एक औपचारिक कार्यक्रमका बिच नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले संस्थाको व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् […]
नागरिक रैबार/बाजुरा २ साउन। जिल्ला समन्वय समिति बाजुराको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। जिसस बाजुराको निर्वाचन साउन ८ गतेका लागि तोकिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद धिमिरेले जानकारी दिए। उनका अनुसार साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउँन, छुट नामावली समावेशको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। […]
नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो । गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने […]
नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो । सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने […]
बाजुरा । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै […]
काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । निशान्त […]
नागरिक रैबार/बाजुरा १ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीलाई सिफारिस गरेको छ । सदरमुकाम मार्तडीमा बसेको एमाले जिल्ला कमिटीको ५ औं बैठकले जिससको प्रमुख रोकाया र उपप्रमुखमा सार्कीलाई सिफारिस गरेको हो । जिसस प्रमुखमा सिफारिस भएका रोकाया हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गौमुल गाउँपालिका वडा […]
नागरिक रैबार / ३२ असार, बाजुरा । महालेखा परीक्षकको कार्यलयले २०७८ को बार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजू रहेको उल्लेख गरेको छ । ९ वटा स्थानिय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिबेदनमा उल्लेख भएको छ । आर्थिक बर्ष ०७६।०७७ सम्म बाजुराका ९ वटै स्थानिय तहमा बेरुजूको विवरण महालेखा परिक्षकको कार्यालयले सार्वजनिक […]
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको […]
नागरिक रैबार बाजुरा ३२ असार । स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संग कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने संकेत देखिएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै […]
भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए । आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री […]
धनगढीः सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो। अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै समस्या समाधानको कार्य भइरहेकाले विद्युत सेवा सुचारु हुन केहीँ समय लाग्ने बताइएको छ। विद्युत […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]