होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २८ असार । सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ । २ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो । ४ मंसिरको आइतबार एकै […]
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन […]
नागरिक रैबार/ २८ असार बाजुरा । बाजुराको जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको छ। बुढीगंगा नगरपालिकाको जितसँगै जिल्ला समन्वय समिति एमालेको बन्ने पक्का भएको हो। असार २३ गते भएको पुनः मतदानको परिणाम आईतबार सार्वजनिक भएको थियो। सार्वजनिक मत परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित […]
विद्यार्थी भिसामा विदेश जानेको संख्या बढ्दै गएपछि अहिले नक्कली बिहेको लहर नै चलेको छ । अमेरिका, अष्ट्रेलिया लगायत युरोपजस्ता देशमा गएर काम गर्दै पढ्न पाउने भएपछि यस्ता नक्कली बिहेमा अभिभावकको समेत सहमति भएको पाइन्छ । काठमाडौंको गुहेश्वरी मन्दिरमा २० वर्षदेखि पुजारी कर्म गरिरहेका नरेन्द्र उपाध्याय (नाम परिवर्तन) ले सहोदर बाबु–छोरीबीच समेत नक्कली विवाह गरिदिएको बताउँछन् […]
नागरिक रैबार/ २७ असार बाजुरा । बाजुराका निजामति कर्मचारी संगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन । बाजुरामा कार्यरत नेपाल निजामती कर्मचारी संगठन,नेपाल कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन (निजामती) गरि ३ वटा निजामतिक कर्मचारी संगठनले संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई […]
काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ दलहरुको गठबन्धन कायम रहन सक्ने र आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकालेको छ । एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । ‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम […]
भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिएका छन् । नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर […]
नागरिक रैबार / बाजुरा २६ असार । ०७४ सालको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर बानियाँ । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकबिक्रम शाहसंग उनले २८५ मत अन्तरले पराजित भएका थिए । शाह ३ हजार ८४५ मत पाई निर्वाचित हुँदा बानियाँले ३ हजार ५६० मत पाएका थिए । तर, यस […]
नागरिक रैबार / बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिका भएको चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आइतबार मध्याह्न आएको मत परिणाममा १० वडामध्ये सात वडासहित एमालेले मेयर र उपमेयरमा जित हात पारेको छ । बाँकी तीन वडामा कांग्रेस विजयी भयो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० […]
बाजुरा । नेकपाएमालेका केन्द्रिय सदस्य एवं बाजुराका इन्चार्ज लाल बहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् । नगरपालिकामा ७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी भएपछि थापाले विज्ञप्ति जारी गर्दै चुनावी अभियानमा सहयोग गर्ने सम्पुर्ण नगरवासीलाई हार्दिक बधाई तथा धन्यबाद दिएका हुन् । थापाले देउवा नेतृत्वको सरकारले चरम राज्य आतंक, निर्वाचन […]
नागरिक रैबार / बाजुरा २६असार । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ । मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर […]
नागरिक रैबार बाजुरा २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका […]
बाजुरा । बुढिगंगा नगरपालिका ६ मा नेकपा एमाले उम्मेदवार हेम राज जैशी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार जैशी विजयी भएका छन् । विजयी हेम राज जैशीले ४ सय १२ ल्याएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी बल बहादुर थापाले ३ सय ५३ मत ल्याएर पराजय भएका […]
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् । खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका […]
बाजुरा । बुढिगंगा नगरपालिका ५ मा नेकपा एमाले उम्मेदवार चक्र बहादुर थापा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर थापालाईपछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार थापा विजयी भएका छन् । विजयी चक्र बहादुर थापाले ४ सय ९६ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी खडक बहादुर थापाले ३ सय ५ मत ल्याएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् । गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी […]
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर रावललाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार शाह विजयी भएका हुन् । विजयी शाहकाे ८ सय ४० मत ल्याएर बिजयी भएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार रावलले १ […]
बाजुरा । बुढिगंगा नगरपालिका वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भवन सिहं केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मन्नामे बिष्टलाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार केसी विजयी भएका हुन् । विजयी केसीकाे ३ सय ८१ मत ल्याएर बिजयी भएका छन्, भने उनका प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार बिष्टले ३ सय ४२ मत […]
बुढीगंगा नगरपालिकाकाे ७९१५ मत गणना हुँदा नेकपा एमाले मेयर =४१०९ नेकपा एमाले उपमेयर =४००३ नेपाली काङ्ग्रेस मेयर =३२६५ नेपाली काङग्रेस उपमेयर =३२९५
बुढीगंगा नगरपालिका अप्डेट: ७४१७ मत गणना हुँदा नेकपा एमाले मेयर =३८८१ नेकपा एमाले उपमेयर =३७५३ नेपाली काङ्ग्रेस मेयर =३१०१ नेपाली काङग्रेस उपमेयर =३१४३