होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • जात व्यवस्थाको संस्कृति कस्तो हुन्छ ?
त्रिवेणी

जात व्यवस्थाको संस्कृति कस्तो हुन्छ ?

हेर्नुस् - एक नमुना !

  • नागरिक रैबार
जात व्यवस्थाको संस्कृति कस्तो हुन्छ ?

यहीँ ११ गते तस्वीरमा देखिएका दायाँबाट २ जना त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्व बहादुर अयडी, स्थानीय विनोद अयडी र पुजारी रंगप्रसाद पाध्यायलाई विपक्षी बनाएर टेकेन्द्र सुनारले आफूलाई निज विपक्षीहरूले जात, जाति, वंश, समुदाय वा पेशाकै आधारमा धार्मिक कार्य गर्नबाट वञ्चित गरियो भनेर छुवाछूत तथा भेदभाव शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरे ।

प्रहरीले मुद्दा लियो पनि । तर, आजसम्म पनि विपक्षीमध्येका पुजारी पाध्याय पक्रिएको छैन् । पक्रिएका मध्येका वडाध्यक्ष र विनोद अयडी गरि २ जनालाई राज्य पक्षले यहीँ १९ गते हर्षोल्लासका साथ आफ्नै कार्यालयमा आफूसबै कर्मचारी सरह दशैँको टिकाजमरा गरे ।

पीडित सुनार हिन्दुधर्मालम्बी नै भएपनि उहाँसित राज्यको निगरानी के कसो छ या छैन् त्यो हेरे हुन्छ । कहाँ बस्छन ? के छ उहाँको अवस्था ? त्यो विषय सरकरीवालाहरूलाई खासै चाँसो देखिँदैन । तर, पीडित सुनार म न्याय नपाउँदासम्म मार्तडी छोड्दिन भनि नाङ्गनाङ्गै भोकभोकै कठोर हिन्दुभक्त भई दलित समुदायको नेटवर्कको सम्पर्कमा बसिरहेका छन् ।

विज्ञापन

अब, कुरा के हो भने – पीडित पनि हिन्दु , पीडकपनि हिन्दु र राज्यको घुम्नेमेच माथि बस्ने न्याय सम्पादक पनि हिन्दु । तर, दशैँ मनाउने तौरतरिका तीन थरिको छ ।

पीडितलाई न्याय दिलाउन सहजीकरण गर्ने निकाय पीडकसँग धुमधामका साथ दशैँ मनाउँछ भने पीडितको पक्षमा नै न्याय हुने गरि गहिरो अनुसन्धान गर्न राज्य पक्ष तयार होला त ? कानुनको नजरमा तीनै जना आरोपित अपराधी त हुन् नि हैनर ? तपाईंको नजरमा कुरा सानो लाग्ला । तर, पीडितको नजरमा यो गम्भीर विषय हो ।

खासमा सरकारवादी मुद्दा भएकाले निवेदक र राज्य एक पक्षधर नै हुन । त्यो निकायले पीडितलाई सके जति न्याय दिलाउन सहयोग गर्ने हो । र, राज्यले आफूपनि पीडित पक्षधर भएको सावित गर्ने हो । हामीले बुुझेको कुरा त यहीँ हो । अर्को कुरा हिन्दु धर्मावलम्बी कर्मचारीहरूलाई राज्यले उचित सेवासुविधासहित दिएर लामो विदा दिएको छ ।

No description available.

बरू अरू कार्यालयसरी जिप्रका बन्द गरि दशैँ मनाउन घर गएपनि हुन्छ नि । जानु त भए न नि कि न ? किनकि कानुन बमोजिम तपाईंको कार्यसम्पादन अरू सरकारी कर्मचारी भन्दा फरक छ । तर, फरक तरिकाले दशैँ मनाउन तिहार मनाउन, आ-आफ्ना चाँडपर्व आ-आफ्नै तौर तरिकाले मनाउन सरकारले भनेको होला ? त्यसमा हामी बेखबर पनि हौँला, त्यो त्यति ठुलो कुरा पनि नहोला ! कानुन बमोजिमका आरोपितलाई पनि तपाईं कर्मचारी सो सरह दशैँ मनाउन टिकाटालो गर्न पर्ने त्यस्तो के आई पर्यो ? नबुझेको ठुलो विषय यहीँनेर हो ।

कि तीनीहरूलाई नै छुटाएर आरोपितकै घरमा गएर तामाझामसहित दशैँ मनाए हुने नि। तर, न्यायिक निकायमा यो दृष्यले के मजाक गरिरहेको छ ? त्यही अन्योल भईयो । तर, मैले यहाँ हिन्दु धर्मलाई उचनिच देखाउन खोजेको चाहिँ हैन है। त्यसो नबुझियोस् । यहाँ मजाले शंका हुने गरि आरोपित २ जनाको विशेष महत्त्वका साथ तस्वीर राखिएको छ ।

हो, टोटल मासमा भए फरक कुरा हो । पीडकको तस्वीरै सो गर्ने भए पक्राउ पर्ने वित्तिकै त्यसो गर्ने जिप्रकाको सामाजिक संजाल फेसबुक पेजमा फोटो राखेर सार्वजनिक गर्ने विगतको अभ्यास थियो त । त्यसो त भए न नि हैनर ? सामान्य जँड्यालाई पक्रे पनि सामाजिक संजाल फेसबुकमा राख्ने निकाय यतिबेला कुन नियतका साथ यसो गर्दैछ ? यो सिँगो उत्पीडित दलित समुदायको शंकास्पद प्रश्न हो ।

त्यसैले हामी भन्छौँ यहाँ धर्मभन्दा पनि जात व्यवस्थाको संस्कृतिले काम गरिरहेको छ जस्तो लाग्छ । किनभने जात व्यवस्थाको संस्कृतिमा हुर्किएको मान्छेको सोच्ने तरिका नै मुख्य कुरा हो । यहाँ जात व्यवस्थाले मानिस जन्मको आधारमा श्रेष्ठ वा तुच्छ हुन्छ भनेर सोच्ने केन्द्रीय दृष्टिविन्दु निर्माण गर्छ भन्ने यो गतिलो नमुना पाईयो ।

यो केशमा सबै दोस कानुनी निकायको थाप्लोमा थुपार्नु नै मुख्य ठान्दिन पनि । कुरा यहाँ नेर गर्न खाजिएको विषय भनेको जात व्यवस्थाले मानिस जन्मको आधारमा नै ऊ अब्बल छ वा कमसल छ भनी गनिने भएकाले उसका जीवनभरिका क्रियाकलापमा सुविधा वा बन्देज त्यसै आधारमा तोक्न सिकाउँछ । यहाँ यहीँ देख्न पाईरहेको छ । जो राज्यले र यहाँका राजनीतिक दलले सहज स्वीकार्न नसकेको तर खास तथ्य हो यो भटिएको ।

अतः सारमा भन्न खोजेको यहाँको राज्यले असमानतालाई स्वभाविक, बहिष्करणलाई कर्तव्य र भेदभावलाई पवित्र मान्ने सोच नै जात व्यवस्थाको संस्कृतिको गुदी हो । बदल्न पर्ने संस्कृति यही हो, कानुनी राज्यको निकायले । नत्र सब फिका फिका हुन्छ ।

लेखक: प्रेमबहादुर विक जात व्यवस्था उन्मुलन माेर्चा नेपालका केन्द्रिय सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार