होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलितमाथि भएको घटनामा सलग्नलाई कारवाही गर्न जातीय मुक्ति समाजको माग
समाचार

दलितमाथि भएको घटनामा सलग्नलाई कारवाही गर्न जातीय मुक्ति समाजको माग

  • नागरिक रैबार
दलितमाथि भएको घटनामा सलग्नलाई कारवाही गर्न जातीय मुक्ति समाजको माग

नागरिक रैबार/बाजुरा १३ असोज ।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहितका ३ जनाले दलित समुदायका टेकेन्द्रसिंह सुनारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको गम्भिर ध्यानाकर्षण भएको छ ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाको समूहले दलित समुदायका सुनारमाथि नाटेश्वरी मन्दिरमा जातीय विभेद र उनीमाथि कुटपिट भएको थियो ।

वडा अध्यक्षसहितका ३ जनाको कुटपिटबाट घाइते भएका सुनार बाजुराको बुढीगंगा नगरपालिका ५ नुवाघर घर भई हाल कन्चनपुर बस्दै आएका थिए ।घटस्थापनाको अवसर पारेर नाटेश्वरी मन्दिरमा नवरात्र बस्न आएका सुनारमाथि वडा अध्यक्ष अयडी सहित रंगलाल पाध्याय र विनोद अयडीले कुटपिट र गालीगलौज गरेको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर भत्सना गरेको छ ।

दलित समुदायका सुनारमाथि दलित भएकै कारण मन्दिर प्रवेश गरेको भनी निर्घात कुटपिट गर्ने वडा अध्यक्षसहितका ३ जनालाई जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अनुसार कडा कारवाही गरि पिडितको न्याएका लागि नेपाल जातीय उत्पीडित मुक्ती समाज बाजुराका अध्यक्ष शंकर चंदाराद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत माग गरिएको छ ।

विज्ञापन

घटनामा सलग्नलाई पिडकलाई कारवाही र पिडितलाई न्याय दिन घटनालाई तोडमोड गरी दोषीलाई उन्मुक्ति दिने काम भएमा नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराले आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

No photo description available.

वडा अध्यक्ष सहितका ३ जनाको कुटपिट पछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ । उनले आफ्नो न्यायको निम्ति र पिडितलाई कारवाहीका लागि भन्दै आज जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको मुद्धा समेत दर्ता गराएका छन् ।

यता बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले घटनामा सलग्न रहेका वडा अध्यक्ष अयडीलाई नियन्त्रणमा लिएको र फरार रहेका रंगलाल पाध्याय र विनोद अयडीको खोजि कार्य भईरहेको बताएका छन् । घटनामा सलग्न वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको कानुनमा उल्लेख भए अनुसार कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार