होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्धा दर्ता
समाचार

बाजुरामा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्धा दर्ता

  • नागरिक रैबार
बाजुरामा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्धा दर्ता

नागरिक रैबार/बाजुरा १३ असोज।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको छ ।

विहिबार वडा अध्यक्षसहितका ३ जना  विरुद्ध पिडित टेकेन्द्रसिंह सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा  जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता गराएका हुन् ।

घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका सुनारमाथि त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीको समुहले कुटपिट सहित जातिय रुपमा विभेद गरेका थिए ।

विज्ञापन

नाटेश्वरी मन्दिरमा नवरात्रको पुजाआजा गर्न कन्चनपुरबाट बाजुरा आएका सुनारलाई मन्दिर प्रवेश गरेर पुजा किन गरेको भन्दै वडा नम्वर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडी, रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गर्नुका साथै नगद पैशा समेत खोसेको भन्दै पिडित सुनारले आफ्नो न्याएका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जना विरुद्ध मुद्धा दर्ता गरेको बताएका छन् । मन्दिरमा पुजा गरिरहेको बेला कुटपिट पछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ ।

यता बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले घटनामा सलग्न रहेका वडा अध्यक्ष अयडीसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता गरेको बताएका छन् । उनका अनुसार घटनामा सलग्न वडा अध्यक्षलाइ नियन्त्रणमा लिएको र फरार रहेका रंगलाल पाध्याय र विनोद अयडीको खोजि कार्य भईरहेको छ ।

घटनामा सलग्न वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको र नेपालको कानुनमा उल्लेख भए अनुसार कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको उहाँको भनाई छ ।

दलित परिवारमा जन्म हुनुको कारण नै मान्छे र मान्छेबीच फरक देख्ने चिन्तन अहिले पनि बाजुराली समाजमा जरा गाडेर बसेको छ । व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको थियो ।

कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा बाजुराका कुनैपनि ठाउँमा यसको पूणर् रुपमा कार्यान्वयन नभएको दलित अधिकारकर्मी गोरखबहादुर सार्कीको भनाई छ ।

बाजुरामा जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारवाही हुनुपर्ने दलित अगुवाहरुको माग छ । बाजुरामा ४० हजार बढी दलित समुदायका मानिसहरु बसोबास गर्छन् । अहिलेपनि जिल्लाका ग्रामिण क्षेत्रमा दलितमाथि गैरदलितले विभिन्न समयमा विभेदका घटनाहरु घटाईरहेका छन् ।

बाजुराका विभिन्न ठाउँमा बसोबास गर्ने दलित समुदायहरुले अहिले पनि स्वतन्त्र रुपमा जिवनयापन गर्न सकेका छैनन् । मठमन्दिर पार्टीपौवा र सार्वजनिक धाराहरुमा गैरदलितहरुले दलितहरुलाई प्रवेश गर्न रोक लगाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार