होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ मंसिर। नेपाली काँग्रेस बाजुराकी नेतृ जुना दानी सुदूरपश्चिम प्रदेश सभामा खस आर्य तर्फको महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आज बसेको बैठकले बाजुराकी काँग्रेस नेतृ जुना दानीलाई प्रदेश सभा समानुपातिक सांसद बनाएको हो । को के र कहाँबाट ? थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर […]
नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेसंगै खसआर्य तर्फबाट बाजुराबाट नेकपा एमालेका केन्द्रिय सदस्य दयालबहादुर शाही समानुपातिक सांसदको सुचिमा परेका हुन् । यी हुन एमालेले निर्वाचन […]
धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी […]
मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो । परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा […]
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ […]
राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो । आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । […]
नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन […]
नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ३ मा रहेको चोयाकोट मावि तीन तारे विद्यालयको रुपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका सूचक पुरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो । चोयाकोट माविलाई तीन तारे विद्यालयको रुपमा औपचारिक कार्यक्रमका बीच नगर प्रमुख अमर खड्काले घोषणा गरेका हुन् । बडीमालिका नगरपालिका […]
राजेन्द्र विक/बाजुरा २२मंसिर।जनयुद्धकालमा एक दर्जन भन्दा बढिको संख्यामा बलिदानी गरेको बाजुरा माओवादी पार्टी सत्तामा गएदेखिनै उपेक्षामा परेको पाइएको छ।एमाले र कांग्रेसको दबदवा रहेको बाजुरामा करिब ३५सयको हाराहारीमा सक्रिय संगठित सदस्य बनाएको माओवादी केन्द्रलाइ केन्द्र पार्टिले नै बारम्बार उपेक्षामा राखिरहेको कार्यकर्ता हरुको आरोप छ।०६४र०७०मा पार्टीको देशभर सन्तोषजनक मत आएकै कारण बाध्यताले क्रमश :डबल शाह र कर्णबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् । साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुरामा समानुपातिक तर्फको मतगणना सूरू भएकाे छ । हिजाेमात्रै प्रतिनिधि सभा र प्रदेश सभाकाे प्रत्येक्ष तर्फकाे मतगणना सम्पन्न भएकाे थियाे । आज विहान सातबजेबाट प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना कार्य प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले बताएको छ । […]
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरु भएको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत […]
नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी […]
बाजुरामा मतगणनामा जारी छ। अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत पाएका छन्। पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले […]
बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ७३ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन […]
बाजुरामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे १७०४० मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा १३१५२ मतका साथ दोस्रो स्थानमा छन् । बद्रीप्रसाद पाण्डे नेपाली कांग्रेस १७,०४० कर्णबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)१३,१५२ जंगकुमार गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी २२ टेकबहादुर बडुवाल स्वतन्त्र २१ रामबहादुर शाही जनसमाजवादी पार्टी […]
पदमबहादुर शाही नेपाली कांग्रेस १०,४१८ लालबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८,०७७ हिमाल बहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी ६७ जनकबहादुर रावल स्वतन्त्र ११
प्रतिनिधि सभा नयां अप्डेट बद्री पाण्डे(रुख) १२७०५ कर्ण थापा(सुर्य) १००५९ मतान्तर-२७४६
प्रदेश निर्वाचन क्षेत्र नं २ सूर्य लाल बहादुर थापा ५८८८ रुख पदम शाही ५१९३ मतान्तर ६९५ मतले एमाले अगाडि
प्रदेश सभा निर्वाचन क्षेत्र : १ (क) नरेशकुमार शाही नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ५,१३२ बलदेव रेग्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३,९२८ कर्णबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३२५ मतानन्तर समाजवादी एमाले भन्दा १२ सय ४ मतले अगाडी प्रदेश सभा निर्वाचन क्षेत्र : १ (ख) पदमबहादुर शाही नेपाली कांग्रेस: ५,०७७ लालबहादुर थापा नेपाल कम्युनिष्ट […]