होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गण्डकीको पाँचौ मुख्यमन्त्रीमा पाण्डे नियुक्त
समाचार

गण्डकीको पाँचौ मुख्यमन्त्रीमा पाण्डे नियुक्त

  • नागरिक रैबार
गण्डकीको पाँचौ मुख्यमन्त्रीमा पाण्डे नियुक्त

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियु्क्त भएका छन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ चैतको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन सकेका थिएनन् । चैत १० गते माओवादीले मन्त्रीसहित समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी पेस गरेका थिए ।

विज्ञापन

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले पनि फेरि सोही उपधारा बमोजिम माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।

अधिकारीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए ।एमाले नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री भएपछि पहिलोपटक सोही महिनाको २९ गते प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव गरेका थिए ।

त्यसपटक उनलाई माओवादी र राप्रपाको पनि समर्थन थियो । तर, माओवादीले समर्थन फिर्ता गरेपछि उनी अल्पमतमा परेका थिए । ९ चैतमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको थियो ।गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार