होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ माघ।बाजुरामा करिव ४ महिनापछि भारी वर्षासंगै हिमपात भएको छ । लामो समयको अन्तरालपछि वर्षासंगै हिमपात भएपछि कृषकहरुले लगाएको हिउँदे बाली सप्रिने भएको छ । भदौको अन्तिम सातापछि बाजुरामा वर्षा भएको थिएन् । बुधबार रातीबाट बाजुराका उच्च हिमाली भेगमा हिमपात र वर्षा निरन्तर भईरहेको छ । ४ महिनापछि एकाएक बर्षासंगै हिमपात भएपछि सुक्न […]
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो । राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नागरिक रैबार/बाजुरा १७ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि विद्यालय बन्द गरिएका छन् । स्वामीकार्तिक खापर– १ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाका अनुसार बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले […]
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको हिमाली गाउँपालिका ३ युनाकी १ गर्भवति महिलाले बलत्कार जस्तो जघन्य अपराधमा न्याय नपाएको भन्दै जिल्ला दलित नेटवर्क बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा जिल्ला नेटवर्कका अध्यक्ष जसबहदुर विक, सचिव रमेश सुनार, दलित अधिकारकर्मी मानबहादुर विकसहित पीडित परिवारले बलत्कार जस्तो जघन्य अपराधमा […]
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर वडामा रहेका विपन्न विद्यार्थी र परिवारलाई सहयोग गरेका छन् । बडीमालिका नगरपालिकाका नगर प्रवक्ता समेत रहेका पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर आज वडा कार्यालयमा ८ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो लुगा र २ जना विपन्न परिवारलाई […]
डोटीः होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
नागरिक रैबार/बाजुरा १५ माघ। जिल्लाकाे जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएकाे छ । हिजाे पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा १३ माघ।सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए । उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण […]
राजेन्द्र बहादुर रोकाया/काेल्टी १३ माघ। ईलाका प्रहरी कार्यालय कोल्टीले शनिवार दिउसाे ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बुढीनन्दा नगरपालिकाको १ र २ नम्बर वडाका बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो । लुकाइछिपाइ बिक्रि गरिरहेको उक्त मदिरा बरामद गरिएको ईलाका प्रहरी […]
नागरिक रैबार/बाजुरा १२ माघ। जिल्ला समन्वय समिति बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा मार्तडी–कोल्टी सडक खण्डमा बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडकको तत्काल स्तरोन्नति गरेर पहिलोपटक बस सेवा संचालन गर्ने तयारी गरिएको हो । शुक्रबार जिल्ला समन्वय समिति बाजुरामा […]
काठमाडौं । गाउँकै विद्यालयमा सजिलै जागिर पाएको भए, अनि जागिर ठीकठाक चलिरहेको भए विष्णुबहादुर विश्वकर्मा यतिबेला अवकाश पछिको जीवन बिताइरहेका हुन्थे । तर न उनले सजिलै जागिर पाए न पाएको जागिर ठीकठाक चल्यो । उनी जागिर छाडेर राजनीतिमा होमिए । ३४ वर्षपछि विश्वकर्मा कर्णाली प्रदेशबाट बिहीबार राष्ट्रिय सभा सदस्यमा विजयी हुन पुगे । शिक्षकको जागिर […]
नागरिक रैबार/बाजुरा १२ माघ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराकाे जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । ९ वटा पालिका बीच जिल्ला समन्वय समितिले गरेको स्वमूल्याङ्कनका आधारमा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । यस अघि जगन्नाथ सुदूरपश्चिम प्रदेशका ८८ […]
गौमुल गाउँपालिकामा विकास निमार्णका कार्यहरु तीब्र रुपमा भईरहेका छन् । गाउँपालिकाले जनताका आधारभूत आवश्यकता अनुसारकाे याेजना बनाएर गाउँमा विकास गर्ने क्रम जारी छ । दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्नेदेखि खानेपानी, विजुली विस्तारमा अगाडी बढेको देखिन्छ । गाउँपालिकाका विभिन्न गाउँ, बस्तीमा सडक पुग्ने क्रम जारी रहेको छ । गाउँपालिकाको केन्द्र घट्मुनादेखि छहरीएर रहेका कतिपय बस्तीहरुमा सडक […]
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू हुनेछ । मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराको बडीमालिका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत सैनिकहरुले मालिका मन्दिरमा शिवजि र नन्दी (साँडे) को मुर्ति चढाएका छन् । बडीमािलका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत शैनिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी मालिका मन्दिरमा १ लाख २९ हजार ५ सय ५५ रकम बराबरको शिवजी र नन्दी […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका १ जमसालका पुर्ण बहादुर खत्रीकी श्रीमती बर्ष २९ की संम्झना खत्री र सोही वडाकाे पिपलडाली स्थित रमेशराज बिष्टकी श्रीमती बर्ष २५ की सरोस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरि सुर्खेत पठाएको कोल्टी […]
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी ४१ वर्षीया श्रीमती सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर, पसल, मोटरसाइकल, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ […]
नागरिक रैबार/ बाजुरा ४ माघ। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखि बिरामी भएकी जोशीको बुधबार राती मृत्यु भएको हो । मृतक जाेशी २०७९ सालकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।