होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ। सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ। तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० […]
अछाम: अछामकी क्यान्सर पीडित किशोरीको उपचारका लागि विभिन्न सहयोग हुने क्रम बढेको छ। ढकारी गाउँपालिका ६ मोयकांडाकी १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि संकलित १ लाख ७० हजार १ सय ७८ रुपैयाँ बिरामी मनसरा बुढा र उनको घरपरिवारलाई हस्तान्तरण गरिएको छ। स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत हस्त्तान्तरण […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् । बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको […]
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स […]
१३ साउन, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र […]
काठमाण्डाै – देशभरका सात सय ५३ वटा पालिकामध्ये अहिलेसम्म एक सय ९३ पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मङ्गलबार बिहानसम्मको अध्यावधिक तथ्याङ्कअनुसार पाँच सय ६० वटा पालिकाले मात्र बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्ष २०७७/७८ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगन भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् । नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप […]
१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् । फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट […]
चक्रबहादुर अयडी बाजुरा १३ साउन लगातारको वर्षासंगै गुईगाड खाेलामा अाएकाे बाढीले बुढीगंगा नदि थुनेपछि सेरावगरमा ताल जमेकाे छ । साेमबार रातिको लगातारको वर्षका कारण बुढिगंगा नगरपालिका वडा नम्वर ३ मा पर्ने गुईगाडि खोला अाउदा बुढिगंगा नदि पुणरुपमा थुनिएको छ । अहिले सेरावगरमा ताल जमेकाे छ । नदि थुनिएपछि सेरावगरमा जमेकाे ताल हेर्नेकाे घुईचाे लागेकाे छ […]
नागरिक रैबार/बाजुरा १२ साउन।आईतबार विहान बुढीगंगा नगरपालिकाको लेखा शाखा तोडफोड गरी आगजनि गरिएको ठाउँमा केशी ग्रुप भनेर लेखिएको प्रचामा पहिलो निशाना प्रहरी र दास्रो निशानामा नगर प्रमुखलाई राखेको भेटिएको छ । आगजनि भएकै ठाउँमा केसी ग्रुपले छोडेको प्रचामा लेखिएको छ केसी ग्रुपले चाहेमा जे पनि गर्न सक्छ । प्रहरी चौकी र प्रहरी पहिलो निशानामा छन् […]
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) ले आम जनतामा मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट हाम्रो देश भित्रका सम्पर्ण स्थानीय तहहरु पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ । यसको फैलावट सँगै स्थानिय तहहरुले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ठुलो मात्रामा अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । साउन ११ गते राती बुढिगंगा नगपरालिका वडा नं.८ मालिका बजारमा साँफेबाट बाजुरा तर्फ आईरहेको जीपमा अबैध रुपमा लुकाई छिपाइ ल्याउदै गरेको सन्तरा नामक अबैध मदिरा ६० पेटी (१,८०० क्वाटर) अस्थाइ प्रहरी पोष्ट रिठाबजारको प्रहरी टोलीले बरामद गरेको […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको सदरमुकाम मार्तडी देखि बुढीगंगा नगरपालिकाको दवारी सम्मको सडक संचालनमा आएको छ । सडकमा खसेको पहिरोका कारण करिव ३ साता देखि अवरुद्ध रहेको साँफे मार्तडीसडक अन्तरगत पानीनाउलामा खसेको पहिरो पन्छाएपछि मार्तडीदेखि दवारी सम्मको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए । सो क्षेत्रसम्म सडक सूचारु भएपछि […]
१२ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनि अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी माथि आकर्मण भएको छ । कोेल्टी प्राथिमक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सिहराज गिरीमाथि आइतबार राति स्थानीय युवाहरुले आक्रमण गरेका हुन् । स्थानीय केशर भाटको नेतृत्वको पाँच जनाको टोलीले अहेव गीरीलाइ आक्रमण गरि हात भाँचेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले […]
काठमाण्डौंको बल्खु स्थीत राजधानी अस्पतालमा चार दिन आईसियूमा बसेर, विशेष केयर यूनिटमा सरे पश्चात भावि जीबन बाच्ने आशा संगालेका हिमाली गाउँपालिका ६ का रत्न दमाई र विरामी लोग्नेको स्याहार गर्दा गर्दै बेखर्ची बनेकि उनकि श्रीमतिको आँखामा खुसि स्पष्ट देख्न सकिन्थ्यो । उनको खुसिका लागि हाल अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक […]
चक्र बहादुर अएडी/बाजुरा १२ साउन। बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना वडा अध्यक्षले नगरपालिकाको बैठक बहिस्कार गरेका छन । नगरप्रमुखले एकलौटी निणर्य गरेको भन्दै वडाअध्यक्षहरुले बहिस्कार गरेको नगरपालिका प्रबक्ता एबं वडा न ७ का वडाअध्यक्ष प्रेम थापाले बताए। नगरप्रमुखले नगरपालिकामा कुनै पनि काम वडा अध्यक्षको सहमती बिपरीत गरेको भन्दै वडा न ८ र ४ का […]
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका […]
१२ साउन, काठमाडौं । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल […]