होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विरामी दमाईलाई देश विदेशबाट जुटेकाे सहयोग नेता पाण्डेद्धारा हस्तान्तरण
समाचार

विरामी दमाईलाई देश विदेशबाट जुटेकाे सहयोग नेता पाण्डेद्धारा हस्तान्तरण

  • नागरिक रैबार
विरामी दमाईलाई देश विदेशबाट जुटेकाे सहयोग नेता पाण्डेद्धारा हस्तान्तरण

काठमाण्डौंको बल्खु स्थीत राजधानी अस्पतालमा चार दिन आईसियूमा बसेर, विशेष केयर यूनिटमा सरे पश्चात भावि जीबन बाच्ने आशा संगालेका हिमाली गाउँपालिका ६ का रत्न दमाई र विरामी लोग्नेको स्याहार गर्दा गर्दै बेखर्ची बनेकि उनकि श्रीमतिको आँखामा खुसि स्पष्ट देख्न सकिन्थ्यो ।

उनको खुसिका लागि हाल अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक थापा र हिमाली गाउँ पालिकाका विद्यार्थी नेता मंगल रावतले विशेष पहल गर्नु भएको थियो । समाजसेवी थापाले अमेरीकाको बालटिमोरमा बसोवास गर्ने बाजुरा, अछाम, बझाङ डोटी लगायत बिभिन्न जिल्ला घर भएका सहयोगी हरुबाट एक मुष्ट अमेरीकि डलर ७३६ (रु. ८५,९२०) संकलन गर्नु भएको थियो । यसै गरी मंगल रावतले बाजुरा र काठमाण्डौंमा बसोबास गर्ने विभिन्न व्यक्तिहरुबाट रु. २९, ५०० संकलन गर्नु भएको थियो । सो संकलित रकम जम्मा रु. १,१५,४२० (एक लाख पन्ध्र हजार चार सय बिस) नेपाली कांगे्रस केन्द्रीय सदस्य बद्री पाण्डे ज्यूले विरामीको श्रीमतिलाई अस्पतालमा हस्तान्तरण गर्नु भयो ।

अमेरिकाको बालटिमोरमा बसोबास गर्ने हेमन्त कुँवर, मनलाल जैसि, जनक थापा, भुपेश जंग शाहि र पदम बहादुर शाहि लगाएतले सहायोग गर्नु भएको थियो भने बाजुरा र काठमाण्डौंबाट भिम मल्ल, भरत कार्कि र निर्मला कार्कि, कुशल गिरी, खगेन्द्र रावत, मोहन जंग मल्ल र प्रकाश तिरुवा लगाएतले सहयोग सहयोग गर्नु भएको थियो ।

विज्ञापन

नेपाल आएको मौकामा आफ्ना जिल्ला बासि दाजुभाईका लागि सहयोग जुटाउन पाउँदा आफूलाई खुसि लागेको बताउदै थापाले अमेरिकामा बसोवास गर्ने नेपाली आफ्नो केहि खर्च कटाएर भएपनि समस्यामा परेका आफ्ना दाजुभाईलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

नेता पाण्डेले रकम हस्तान्तरण गर्दै स्वास्थ्य सेवा र आर्थिक अभावका कारणले अकालमा ज्यान गुमाउनु पर्ने तितो यर्थात रहेको भन्दै विभिन्न स्वास्थ्य समस्यामा परेका, आर्थिक अवस्था एकदमै कमजोर भएका दाजुभाईहरुलाई युवाहरुको सक्रियतामा यसरी सहयोग जुटनु खुसिको कुरा भएको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार