होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिबेणीका ७ जना वडा अध्यक्षद्धारा नगर बैठक बहिस्कार
देश/प्रदेश

त्रिबेणीका ७ जना वडा अध्यक्षद्धारा नगर बैठक बहिस्कार

  • नागरिक रैबार
त्रिबेणीका ७ जना वडा अध्यक्षद्धारा नगर बैठक बहिस्कार

चक्र बहादुर अएडी/बाजुरा १२ साउन। बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना वडा अध्यक्षले नगरपालिकाको बैठक बहिस्कार गरेका छन ।

नगरप्रमुखले एकलौटी निणर्य गरेको भन्दै वडाअध्यक्षहरुले बहिस्कार गरेको नगरपालिका प्रबक्ता एबं वडा न ७ का वडाअध्यक्ष प्रेम थापाले बताए।

नगरप्रमुखले नगरपालिकामा कुनै पनि काम वडा अध्यक्षको सहमती बिपरीत गरेको भन्दै वडा न ८ र ४ का वडा अध्यक्ष बाहेक सबै वडाअध्यक्षहरुले नगरपालिकाको आर्थिक बर्षको पहिलो बैठक बहिस्कार गरेको वडाअध्यक्ष थापाले बताए ।

विज्ञापन

नगर प्रमुख देखी वडाअध्यक्ष सबै नेपाली काँग्रेस सर्मथक भए पनि निति नियम नमान्ने नगर प्रमुखको एकलकाट्य प्रबिधी भएको भन्दै बिरोध समेत गरेका छन ।

मेयर रामसिं रावलले भखर सम्पन्न नगरसभामा वडाबाट सिफारीस भएका कुनै पनी योजना र कामहरुलाई नसमेटेको र नगरप्रमुखले आफैले आफ्नै योजना बनाएर पास गरेका कारण बिरोध गरीरहेका छौ वडाअध्यक्ष हरुले बताएका छन ।
हरेक बैठकमा मेयरले आफ्नै जिद्धी गर्दै आएका भए पनी हामी चुप लाग्यौ तर यस्तै नियत हो भने प्रतिपक्ष भएर लाग्नुपर्ने देखीएको वडाअध्यक्षहरुले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार