होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले […]
दार्चुलाको कालापानी नजिकैको गाउँ छाङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्गरुमा टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ । हेलिकोप्टरमार्फत टावरका समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको हो । […]
पहिलो कुरा, दलित यदि कसैले अपमानजनक रूपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाई परिवर्तन गर्नका निम्ति अन्य शब्दको खोजी मनासिब नै हुन सक्दथ्यो । तर, स्पष्टै भएको कुरा हो— दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन । त्यसकारण लामो समय सङ्घर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने […]
गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प […]
बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत […]
निमेन्द्र शाही बाजुरा, । २१ कात्तिक ‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर […]
धनगढीः सुदूरपश्चिममा १ हजार ५ सय बढि कोरोनाका संक्रिय संक्रमित रहेका छन् । प्रदेशका ९ वटै जिल्लामा १ हजार ५ सय ४ जना संक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । सबैभन्दा बढि कैलालीमा ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै दार्चुलामा १ सय ९८, बझाङमा १ सय ८०, […]
धनगढीः सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ । कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भएको उनको नीजि सचिवालयले जनाएको छ । मन्त्रीका स्वकीय सचिव जंगबहादुर बिकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि आज दिउँसो हेलीकोप्टर मार्फत […]
धनगढीः कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, […]
धनगढीः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह घर फर्किएका छन् । सेतीको कोभिड अस्थायी अस्पतालका अनुसार उनी होमआइसोलेनमा बस्ने भन्दै घर फर्किएका हुन् । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार अस्तालमा भर्ना भएका थिए । दिनेशखबरबाट
नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ । विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका पुर्व सभापति मनबहादुर रावललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पुर्व सभापति रावलको सेति प्रादेशिक अस्पताल धनगढीमा पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रावललाई स्वास फेर्न समस्या भएपछि कार्तिक १७ गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । बाजुरा […]
काठमाडौं १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए । बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? […]
१९ कात्तिक, कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ । हत्या काण्डामा संलग्न रहेको […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। जिल्ला सदरमुकाम मार्तडीमा एकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्मबर ६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार रोकायालाई दमको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याईएको थियो । बुधबार दिउसो उपचारका क्रममा रोकायाको अस्पतालमा […]
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार उनी काठमाडौं आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
राजविराज — सप्तरीका चार स्थानीय तहले चालु वर्षको गाउँसभा नगर्दा चाडपर्वका बेला पनि कर्मचारीले तलबभत्ता पाएका छैनन् । बजेट विनियोजन रोकिएर नयाँ खाता सञ्चालन गर्न र अख्तियारीसमेत दिन नसक्दा कर्मचारीको बिजोग भएको हो । गत असारमै हुनुपर्ने गाउँसभा विभिन्न किचलोका कारण पर सरिरहँदा विकास निर्माण र नयाँ योजना ठप्प छन् । छिन्नमस्ता, विष्णुपुर, बलान बिहुल र राजगढ गाउँपालिकामा […]
१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान […]