होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि
समाचार

कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४/४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

विज्ञापन

यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।यस्तै कैलालीकै टीकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका १ जना र ठेगाना नखुलेका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार