होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी […]
३ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ । १० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनाकै विषयमा विवाद भएको छ । सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भइरहेका बेला निवेदकहरूका कानुन व्यवसायीले सरकारले गरेको निर्णयमा व्यहोरा थप गरी राष्ट्रपति कार्यालयबाट सूचना जारी भएको भनी आपत्ति जनाएका हुन् । ‘२०७७ पुस ५ गते नेपाल सरकारको निर्णय अनि प्रधानमन्त्रीले राष्ट्रपति […]
२ माघ, काठमाडौं । मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ ।पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन । मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयका […]
सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार रिपोटर्स क्लब नेपालमा सात वटा कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन्।केन्द्रले अन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो। नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ।कार्यक्रममा पुनर्गठित ने.क.पा […]
जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति साह्रै धेरै निरास छन् । लक्ष्मी बस्नेत, खोज पत्रकारिता केन्द्र धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्यो । फूलमाया, […]
काठमाडाैं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा चलिरहेको सुनुवाईले आजपनि निरन्तरता पाउने भएको हो । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने […]
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा […]
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
पोखरा– नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच औपचारिकरुपमा विभाजित नभए पनि गण्डकी प्रदेशमा दुबै समूह अलग अलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुबै समूहले जिल्ला जिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् ।दुवैसमूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् । प्रदेशका हरेक जिल्लामा […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिका -३ रजालीबाट अवैध भरुवा बन्दुक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले सोही नगरपालिका -३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान […]
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा […]
रामबहादुर बि.क/बाजुरा २८ पुस। बाजुरामा राष्ट्रिय किसान महिला महासंघ शाखा विस्तार गरिएको छ । आज एक औपचरिक कार्यक्रमको आयोजना गरी उतm शाखा विस्तार गरिएको नेपाल महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले बताइन् । जमना विक अध्यक्ष रहने गरी ११ सदस्यीय समिती शाखा विस्तार गरिएको बताइएको छ । जसमध्य उपाध्यक्ष सुनमती रावल ,कमला रावललाई चयन गरिएको […]
नागरिक रैबार बाजुरा २८ पुस जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न भएको छ । “संघ, प्रदेश र स्थानीय तह विच समन्वय, शुसासन सहमागिता र पारदर्शिता, स्वास्थ्य, कृषि, रोजगारी र शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ उक्त सभा मार्तडीमा सम्पन्न भएको हो । मंगलबार भएको तेस्रो जिल्ला सभामा ४ वटा कार्यसुचि पेश गर्दै […]
मदन वि.क./बाजुरा २८ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने विभिन्न साझेदार तथा सहयोगी नियकालाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको छ । सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड-१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ । पाल्की शर्माले चाहिँ […]
नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न […]