होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षका नेताले मार्तडीमा प्रर्दशन गरेको छ । नेकपा प्रचण्ड-माधव पक्षको आज देशव्यापी विरोध प्रदर्शन भईरहेको छ । बाजुरामा पनि प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा मंगलबार विरोध प्रर्दशन गरेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै बाजुरामा पनि […]
नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सोही अनुरुप बाजुरामा पनि प्रचण्ड-माधव पक्षलेसदरमुकाम मार्तडीमा प्रर्दशन गर्न लागेको हो । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै बाजुरामा पनि प्रर्दशन गर्न लागिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् […]
रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न । सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल […]
पुस १३ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’ त्यसलाई […]
नागरिक रैबार/बाजुरा १३ पुस। बाजुरा पनि नेपाली काँग्रेसले प्रतिनिधि सभाको असंवैधानिक विगटनको विरुद्धमा प्रर्दशन गरेको छ । केन्द्रिय सर्कुलर अनुसार बाजुरामा पनि प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले प्रर्दशन गरेको हो । बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्याली मार्तडी बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको थियो । विरोध प्रर्दशनका […]
जीवन कैला/बाजुरा १३ पुस- बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ । बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो । स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्य […]
काठमाडौं । २०७४ को संसदीय निर्वाचनपछि झण्डै तीन वर्षसम्म फाट्टफुट्ट बाहेक शान्त बनेको सडक पुनः अशान्त बन्न पुगेको छ । शान्त सडक अशान्त बनाउने काम अरु कसैले नगरेर झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन् । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेको झोंकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधि सभाको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो । गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद […]
नागरिक रैबार/बाजुरा १२ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चि प्रदेश इन्चार्ज डाः भिम रावलले प्रचण्ड-माधव पक्षका कार्यकर्तालाई उच्च मनोवल र सक्रियताका साथ पार्टीका कामहरु अघि बढाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठकले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्न तथा पार्टीको एकतालाई कायम राख्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न महत्वपूणर् निणर्य गरेकोले […]
मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ । अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता […]
नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झण्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् । यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका […]
आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र […]
काठमाडौं । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम […]
बर्सेनि खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले […]
स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघष समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरुले विभिन्न १८ बुँदे माग राख्दै मन्त्रालयमा लिखित तथा मौखिक रुपमा २१ दिने अल्टिमेटम दिए पनि मन्त्रालयले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ । स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले गत […]
जीवन कैला काेल्टी ११ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने पिलुचौर स्थित कर्णाली पुल वरपोर जम्मा भएका मानिसहरु देख्दा कुनै मेला लागेको जस्तो देखिन्थ्यो । विचमा निलै भएर बगि रहेको कर्णाली नदी, कर्णाली नदीका किनारा र पिलुचौरको झोलुङ्गे पुलमाथिबाट उत्सुकताका आँखाले हेरिरहेका स्थानियलाई हेर्दा कुनै मेलामौसरको छनक दिईरहेको थियो । शनिवार पहिलो पटक जिल्लाकै दुर्गम […]
११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई […]
काठमाडौं, ११ पुष । सरकारले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको […]
नागरिक रैबार/बाजुरा ११ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दहाल प्रचण्ड- माधव कुमार नेपाल समूहले पनि मार्तडीमा आकस्मिक भेला गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीको अपि होटलमा प्रचण्ड-नेपाल समूहका नेताहरुले आकस्मिक भेला गरेको हो । केन्द्रमा प्रचण्ड-माधव पक्ष नेताहरु एकातिर भएपछि बाजुरामा पनि पहिलो पटक प्रचण्ड-माधव पक्षले आकस्मिक भेला गरेका थियो । प्रधानमन्त्री केपी शर्मा […]