होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार सिंहले जसको नामबाट पुुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण गरे
समाचार

पत्रकार सिंहले जसको नामबाट पुुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण गरे

  • नागरिक रैबार
पत्रकार सिंहले जसको नामबाट पुुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण गरे

नागरिक रैबार/बाजुरा १ फागुन।नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् । सिंहलाई नेपाल पत्रकार महासंघ शुदुुरपश्चिम प्रदेशको दोस्रो साधारण सभामा जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियाे । सिंहले
सम्मानित हुदां पाएकाे १२ हजार नगद पाएको रकम जेपी जोशीको घरमै पुुगेर पत्रकार महासंघका पुुर्वअध्यक्ष शिब गाँउले मार्फत हस्तान्तरण गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवालाई भेटर रकम प्रदान गरिएको थियो । रकम हस्तान्तरण तथा उनको परिवारको अबस्था बुुझ्न पत्रकार महासंघका पुुर्वअध्यक्ष शिब गाँउ, शुुदुरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुुन शाह र पत्रकार प्रकाश सिंह घर पुुगेका थिए ।                                     
सिंहले भने जेपी जोशीका नाममा स्थापना भएको पत्रकारीता पुुरस्कार मैले प्राप्त गरेको रकम उनको परिवार थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको वताए । जेपी जोशीको परिवारमा मैले सम्पर्क गर्दा अबस्था निकै नाजुुक पाएकाले सहयोग गरेको उनले थपे । जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।
जेशी जोशीका श्रीमति बसन्ति जोशी छोरी पुजा जोशी र गिता जोशी रहेका छन् । पुुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन् । ५ बर्ष सम्म पत्रकार महासंघ केन्द्रिय शाखाले पढाउनमा सहयोग गरेको भएपनि डेढ बर्ष यता कतै बाट सहयोग नहुुदा बिद्यालयका शुल्क समेत तिर्न नसकेको बसन्तिले वताएकि छन् । रुदै भनिन्, न श्रीमान हत्या गर्ने पत्ता लाग्यो नत परिवार पाल्न सक्ने अबस्था नरहेको वताईन् । बिद्यालय बाट पटक पटक शुुल्क माग्ने गरेका छन्, कतै बाट तिर्न नसक्दा समस्या भएको वताए ।
घरमै पुुगेका पुर्व पत्रकार महासंघका अध्यक्ष शिब गाँउलेले भने छोरीहरु पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकाय सँग पहल गर्ने वताए । त्यस्तै प्रदेश अध्यक्ष अर्जुुन शाहले पनि सहयोगका लागि पहल गर्ने वताए । पत्रकार सिंहले यो भन्दा पहिला पाएको पत्रकारीता पुुरस्कार जुुन क्षेत्र बाट पाएको हो, त्यहि क्षेत्रका पछाडि परेका वर्गलाई सहयोग गर्दै आएका छन् । गतब र्ष पाएको इन्जा अवार्ड बाफतको ५ सय डलर पनि कुपोषित बच्चाको उपचारमा सहयोग गरेका थिए ।
सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन ७१ जना वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै चौडा वनाएको स्थानियले वताएका छन्।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका प्रकाशले बैठक गोष्ठिमा उपस्थित भएवापत पाएको ६५ हजार ३ सय रुपैंया बैठक भत्ता रकम पिडितलाई सहयोग गरेका छन । बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोगवापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् । प्रकासको अभियानमा सहयोगी हात जुटाएर उनिहरुले नयां जीवन जिउन पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार