होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीले आज सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने
देश/प्रदेश

प्रधानमन्त्रीले आज सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने

  • नागरिक रैबार
प्रधानमन्त्रीले आज सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने

प्रधानमन्त्री केपी ओ‌लीले आज पत्रकार सम्मेलन गर्दैछन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारका उपलब्धिका सम्बन्धमा जानकारी दिन प्रधानमन्त्री ओलीले प्रेस ब्रिफिङको आयोजना गरेका हुन् ।

ओलीले आजै पुनर्निर्माणको काम पूरा भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज ११ बजे सिहदरबारका तीन मोहडाको पुनर्निमाण सम्पन्न भएकोमा उद्घाटन गर्न लागेका हुन् ।

विज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा अब सिंहदरबार मुख्य भवनबाट सञ्चालन हुने थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा त्यहीँबाट सरकारका तीन वर्षे उपलब्धिका सम्बन्धमा प्रेस ब्रिफिङ गर्नेछन् ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार