होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अझै कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक
समाज

अझै कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक

  • नागरिक रैबार
अझै कोरोना खोपको प्राथमिकतामा परेनन् शिक्षक

काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् ।

शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए ।

उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’

विज्ञापन

पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, पत्रकार लगायतलले खोप लगाएका छन् ।

पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई स्वास्थ्य मन्त्रालयले खोप लगाउन आउन सूचना नै जारी गरेको छ ।

लाखौँ विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्ने भन्दै विभिन्न शैक्षिक सरोकारवाला संघ संस्थाहरुले पनि बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले अब फागुन २ गतेबाट ८ गतेसम्म खोप लगाउनेको सूचीमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेवक लगायतलाई प्राथमिकतामा राखेको छ ।

गत माघ २७ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानमा शिक्षकहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखे पनि सुनुवाई भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार