होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङ । कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले दाङको तुलसीपुरका विभिन्न क्षेत्रबाट मात्रै चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको […]
जीवन कुमार कैला/ बाजुरा १५ असोज। बाजुराको हिमाली गाउँपालिका वडा नं ५ क्युडि सुपका बाढी पहिरो प्रभावित स्थानीयलाई आर्थिक रकम सहयोग गरिएको छ । असोज १ गतेको अविरल वर्षा संगै आएको वाढि पहिरोबाट प्रभावित भएका वडा नं पाँच क्युडि सुपका ९६ घर परीवारलाई आर्थिक रकम सहयोग गरीएको हो । नेकपा जिल्ला कमिटी सदस्य राजन बुढथापा, […]
राजेन्द्र विक/बाजुरा १४ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ को वडा कार्यालयले दलित तथा पिछडिएको वर्ग भनेर सिफारिस गर्ने शुल्कमा पाँचसय रकम लिने गरेको खुलासा भएको छ । सोही वडाका कमल मिजारको दलित तथा पिछडिएको क्षेत्रको स्थायी बासी भएको भनि वडा कार्यालयले प्रमाणित गरेको सिफारिसमा पाँच सय रकम लिएको खुलासा भएको हो । मिजारले […]
नागरिक रैबार/बाजुरा १४ असोज। जिल्लाको सदरमुकाम मार्तडीमा पहिलोपटक वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।बडीमालिका नगरपालिका वडा नं. ८ को आयोजनामा उक्त प्रतियोगिता मार्तडीमा संचालन हुन लागेको हो । प्रतियोगिता असोज १८ गते विहान बाट संचालन हुने भएको छ । बडीमालिका नगरपालिका भित्रका ९ वटै वडाका खेलाडीहरुलाई मात्र खेलमा सहभागी […]
काठमाडौं— गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या भएकी सम्झना कामीको घटनामा संग्लन हुने व्यक्तिलाई कानुन वमोजिम हदैसम्मको कारबाही हुने बताएका छन् । बझाङ मष्टा गाउँपालिका—२ की सम्झना कामीको असोज ७ गते साँझ बलात्कार गरि हत्या गरेको अवस्थामा शव मन्दिरमा भेटिएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला अखिल नेपाल महिला संघ र बझाङबाट प्रतिनिधित्व […]
नागरिक रैबार/बाजुरा १३ असोज। जिल्लाको सदरमुकाम मार्तडीमा प्रयाप्त खेल मैदान नभएपछि खेलाडीहरुले सदरमुकामको मुख्य सडक लोकतान्त्रिक चोकमा फुटबल र क्रिकेट खेल प्रस्तुत गरेका छन् ।
नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो । रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ । जसमा तत्काल खेलमैदानको […]
काठमाडौं, १२ असोज । पछिल्लो समय डोजरले सडक खनेका पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढी देखिएको पूर्वाधारविद्हरुले बताएका छन् । प्राकृतिक रुपमा हुने घटनालाई अहिले मानविय क्रियाकलापले थप सघाउ पु¥याएको विज्ञहरूले बताएका हुन् । जसका कारण नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेको उनीहरूको दावी छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो […]
बैतडी, १२ असाेज । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैंडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने […]
नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा सोही वडाका ३६ वर्षिय मने साउँद रहेका छन् । सोमबार विहान घर नजिकैको भैसी खर्कमा गएको बेला साउँदलाई भालुले आक्रमण गरेको स्थानीय पारस रावलले बताएका छन् । उनले भनेभालुले आक्रमण गरी […]
नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास […]
शेरबहादुर सार्की/बाजुरा असोज ११ बाजुरा। तीन महिना देखि अवरुद्ध बन्दै गएको साँफे-मार्तडी राजमार्ग अबको केही दिन भित्रै सञ्चालनमा आउने भएको छ । लगातार परेको पानीका कारण बार्जुगाड देखि मार्तडी सम्म सडकको बीच बीचमा पहिरो गएपछि सो राजमार्ग तीन महिना देखि अवरुद्ध हुँदै आएको थियो । सडक भत्किएको ठाउँमा डोजरले लगातार काम गर्दै गएकोले अबको तीन […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना […]
धनगढी : सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम […]
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई […]
धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्। सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक […]
रामबहादुर विक/बाजुरा ९ असोज। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं २ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । वडा नं २ की २१ बर्षिया केशपुरा सार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जगनाथ गाँउपालिकाका प्रवक्ता डवल बहादुर बिकले बताउनु भएको छ । गर्भवती सार्की घरमा सूत्केरी हुन नसकेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ल्याईको थियो […]
अनिल शाही/बाजुरा ९ असोज। कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढी बाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढी देखि बाजुरा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराउनु भएका उहाँ […]
नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो । उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । […]