होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यमिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा सामान्य रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक रामानन्द पाध्यायले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनको भनाइ छ । सोमबार मात्र कक्षा ७ का एकै […]
काठमाडौं, १४ चैत । ‘तपाईहरुले किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्नुभएको हो ?’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तोताको प्रश्नपछि एकछिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर हेर्नुभयो । त्यसपछि भन्नुभयो, ‘यो प्रश्न सोधेर मलाई गाह्रो नबनाउनुस् मलाई । (हा हा) ।’ कार्यक्रममा एक छिन हाँसो चल्यो । कार्यक्रम थियो, प्रज्ञा भवनको […]
विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका […]
नागरिक रैबार बाजुरा १३ चैत । जिल्ला प्रशासन कार्यालय बाजुराले विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निशेधाज्ञा जारी गरीएको छ । नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजेबाट सुरु हुने गरी निशेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको हस्ताक्षेरित सार्वजनिक सूचना जारी […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार सांसदहरु शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा जाने […]
बाजुरा,११ चैत्र । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको बडीमालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको जनाएको छ । बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा मंगलबारबाट बैंकले नयाँ शाखा बैंकिङ सेवा सुरु गरेको हो । बैंकको अनुसार मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म […]
नागरिक रैबार बाजुरा १२ चैत । बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले नगरमा सोचेजति काम पुरा गर्न सकिएको छैन् भन्नु भएकोे छ । नगरपालिकाको सभाहलमा आयोजित स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्रको स्थापना र संचालनका लागि स्थानीय विपत व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समापन गर्ने क्रममा सो कुरा बताएका हुन् । नगरसेवा क्षेत्रभित्रका […]
बाजुरा ११ चैत । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो । स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रसँगको एकता बदर गरिदिएपछि विवादको भूमरीमा फसेको एमालेमा दिनदिनै टकराव बढ्दै गएको छ । अवस्था यस्तो बनेको छ कि, दूवै समूह जस्तोसुकै परिस्थिति (पार्टी विभाजनसम्म) का लागि तयार देखिएका छन्, तर एक कदम पछि हट्न उनीहरुका एकअर्काप्रति सर्तैसर्त छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरुद्वय […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे । मंगलबार आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता […]
काठमाडौं । नयाँ सत्ता समीकरणमा भइरहेको अलमलबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र संस्थापन इतर पक्षमा असन्तुष्टि देखिएको छ । सभापति शेरबहादुर देउवा नयाँ सरकारका लागि गठबन्धन निर्माणमा अग्रसर नदेखिएपछि संस्थापन इतर पक्षले आन्तरिक र सार्वजनिक रुपमा दबाव बढाउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन तयार रहेको संस्थागत निर्णयसहित नेकपा माओवादी केन्द्र र जनता […]
काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् । एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको […]
बाजुरा ९ चैत, । बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ । आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले […]
बाजुरा चैत ८ । मेरो गणना, मेरो सहभागिता भन्ने आदर्श वाक्यका साथ देशव्यापी रुपमा सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को तयारी बाजुरामा पनि तीव्र पारिदै छ। हरेक दश वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणनामा कोही नछुटुन, कोही नदोहोरिउन भनेर संरचनात्मक लगायत जनशक्तिको व्यवस्थापन ईत्यादि कात्यहरु तीव्र रुपमा सञ्चालन भइरहेका छन्। यसै क्रममा बाजुरामा यही चैत्र […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’ हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे । ‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’ विशेष पत्रकार […]
६ चैत, काठमाडौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका […]
४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते […]
काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ। यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि […]