होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
समाचार

पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

  • नागरिक रैबार
पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो ।

हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघझोरामा बाढीका कारण सडकमा अवरोध भएको छ भने भिमफेदी–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

त्यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–कुलेखानी–भिमफेदी–काठमाडौं जोड्ने २ वटा सडक फाखेल–हुमाने र सिस्नेरी–दक्षिणकाली सडक खण्ड पनि पहरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विज्ञापन

उक्त सडक खण्डको भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी–६ गढी, देराली, फाखेल–हुमाने सडक खण्ड तर्फको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मी खोला, ईन्द्रसरोबर–२ कुलेखानीमा पहिरो कारण सडक अवरुद्ध भएकोे प्रहरीले जनाएको छ ।

यता कान्तीलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–८ गंगटेमा वर्षका कारण कालोपत्रे नै बगाउँदा सडक अवरुद्ध भएको छ ।
कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।अवरुद्ध सडक खुलाउने कार्य भइरहेको तर वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको प्रहरी निरीक्षक दासले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार