होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ भदौ। नेकपा एमाले (समाजबादी) पार्टीका नेता तथा पूर्व माधव समूहका जिल्ला कमिटी सचिव पुरबहादुर रावतले नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्ने दावी गरेका छन् । बुधबार नागरिक रैबारको “खासकुरा” विषेशमा बोल्दै नेता रावतले सो कुराको दावी गरेका हुन् । यस अघि बाजुरामा नेकपा एमालेको माधव समूहले गठन गरेको समानान्तर कमिटीको […]
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् । बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको […]
२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुँ भनेर जे भन्नुभएको थियो, […]
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै […]
नागरिक रैबार/बाजुरा २ भदाै । अध्यादेशविरुद्धको प्रदर्शनमा प्रहरीकाे लाठी चार्जपछि अनेरास्ववियुका विद्यार्थी नेता नरेश राेकाया घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थी नेता राेकाया सहित दर्जनभन्दा बढी अनेरास्ववियुका विद्यार्थी घाईते भएका हुन् । बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप भएकाे थियाे । काठमाडौंको प्रदर्शनीमार्गस्थित […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् । जोशीसँगै प्रदेशसभा सदस्य एंवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् । […]
नागरिक रैबार/बाजुरा २ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले विधिवत रुपमा फुटेपछि बाजुरामा अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार बाजुरामा नेकपा एमालेको युवा संघ, अनेरास्ववीयु र खेलकुद महासंघले सदरमुकाम […]
धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम […]
ओली र नेपालबीच सुरुवाती सम्बन्ध; माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो । २०२९ सालतिर ओलीजी र […]
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।
धादिङ- त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]
२ भदौ, काठमाडौं । सरकारले अध्यादेश ल्याएर आफ्नो राजनीतिक शक्तिलाई अनुकूल पार्न खोजेको पहिलो यो पहिलो घटना होइन । यसअघि पनि २०७७ साल बैशाख, मंसीर र गत जेठमा पनि अध्यादेश जारी भएको थियो । त्यतिबेला ओली सरकारले विपक्षी दल फुटाएर आफू अनुकूल सत्ता समीकरण बनाउन र संवैधानिक निकायमा आफू अनुकूल नियुक्ती गर्न पटकपटक अध्यादेश जारी […]
नागरिक रैबार/बाजुरा १ भदौ ।मानव संसोधन केन्द्र एच आरसी बाजुराले जिल्ला अस्पताल बाजुरालाई करिव ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण फैलिरहेकोले कोभिड संक्रमण बाट बच्नका लागि एचआरि बाजुराले जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कर्मीलाई मध्येनजर गरी ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक अग्नीराज […]
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकलेकेन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न […]
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत मुलुक चलाउने योजना बनाएको छ । त्यसको तयारीस्वरुप सोमबार रातिबाट सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन अन्त्य गरिसकेको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । तर, करिब एक महिना कुनै कामै नगरी सरकारले साउन ३२ […]
नागरिक रैबार बाजुरा ३२ साउन जिल्लाकाे बडीमालिका नगरपालिकाले वडा नं ८ का ८० वर्षिया तुले थापालाई मरेकाे भनी घाेषित गरेर उनकाे सामाजिक सुरक्षा भत्ता राेकेकाे पाईएकाे छ । केही दिन अगाडि मात्रै थापा अाफ्नाे सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँकाे मृत्यु भएकाे भनि नगरपालिकाले खाता बन्द गरिदिएकाे थाहा पाएपछि उनी […]
नागरिक रैबार/बाजुरा ३२ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]
काठमाडौं, साउन ३२। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष […]
काठमाडौंः नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ। अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ। काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो। अब जिल्ला सम्मेलन हुँदैन। अब सिधै जनतामा।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र […]