होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अध्यादेशविरुद्धको प्रर्दशनमा विद्यार्थी नेता राेकाया घाइते
समाचार

अध्यादेशविरुद्धको प्रर्दशनमा विद्यार्थी नेता राेकाया घाइते

  • नागरिक रैबार
अध्यादेशविरुद्धको प्रर्दशनमा विद्यार्थी नेता राेकाया घाइते

नागरिक रैबार/बाजुरा २ भदाै । अध्यादेशविरुद्धको प्रदर्शनमा प्रहरीकाे लाठी चार्जपछि अनेरास्ववियुका विद्यार्थी नेता नरेश राेकाया घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थी नेता राेकाया सहित दर्जनभन्दा बढी अनेरास्ववियुका विद्यार्थी घाईते भएका हुन् ।
बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप भएकाे थियाे ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीमाथि नै विद्यार्थी नेता कार्यकर्ताले ढुङ्गा बर्साउन थालेपछि लाठी चार्ज गरिएको थियो।
झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछाने, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोलासहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका हुन्।
उनीहरुको हाल काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेकाे छ। यस्तै,  विरोधको क्रममा पक्राउ परेका मनराज बापा र सुरेश घर्तिलाई प्रहरीले रिहाइ गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार