होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य
समाचार

पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य

  • नागरिक रैबार
पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् ।

बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताएकी हुन् ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’, उनले भनिन् ।

विज्ञापन

अहिले धरै कुराहरु परिवर्तन भएको छ तर पनि हामी सबैले पार्टी जोगाउनका लागि यो कदम अगाडी सारेका हौं । केन्द्रीय नेतृत्वको सल्लाहअनुसार नै यी सबै कामहरु भएका हुन् । सबैको साथ छ । मलाई कसैबाट पनि असहयोग हुँदैन’, उनले थपिन् ।

बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार कायम रहन पर्ने भन्दै सबै सदस्यहरु एकताको पक्षमा उभिएकाले सबैको समर्थन प्राप्त भएको उनको भनाई छ ।

उनले मुख्यमन्त्रीको शपथ लिए लगत्तै २ जना मन्त्रीहरु पनि नियुक्त गरेकी छिन् भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताएकी छिन् ।

उनले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् ।

दुवै मन्त्रीहरुले हिजो नै प्रदेश प्रमुख प्रसाईबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री तथा मन्त्री, पूर्व मन्त्रीहरु र सबै सांसदहरुको सहयोग र समन्वयका आधारमा बागमती प्रदेश संचालन हुने उनले बताइन् ।

सरकार संचालनमा आफूलाई विपक्षी दलहरुले पनि पूर्ण रुपमा साथ दिने भन्दै सरकार संचालनमा कुनै बाधा व्यवधानहरू नआउने र बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार