होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका को–को छन् एमाले समाजवादीको केन्द्रीय समितिमा ?
समाचार

सुदूरपश्चिमका को–को छन् एमाले समाजवादीको केन्द्रीय समितिमा ?

  • नागरिक रैबार
सुदूरपश्चिमका को–को छन् एमाले समाजवादीको केन्द्रीय समितिमा ?

धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्।

यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह (गरिमा), माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्।

सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल नेपाल समूहले खोलेको नयाँ पार्टीमा नजाने भएका छन्। विगतमा माधव समूहमै रहेका सुदूरपश्चिमका सांसदले आज दर्ता भएको नेकपा एमाले समाजवादी पार्टीमा तत्काल नजाने संकेत गरेका हुन्।

विज्ञापन

विगतमा माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन्।

प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन्। जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए।

तर आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन्। कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन्।

दिनेशखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार