होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।
नेकपा एमालेले आज एकैदिन दुईवटा बैठक बोलाएको छ । बिहान ११ बजेपछि पार्टी स्थायी समिति बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । एमालेभित्रको तिक्तता कायमै रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले लगातार एकै दिन स्थायी समिति र संसदीय दलको बैठक बोलाएर माधव नेपाल समूहलाई कारबाही गर्न लागेको हो कि भन्ने आशङ्का […]
नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् । बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् । ‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम […]
प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।
नागरिक रैबार/बाजुरा ३१ असार। सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा बाजुराका खम्म बहादुर खातिलाई नियुक्ति गरिएको छ । प्रधानमन्त्री सेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातिलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत रहेका खातीलाइ राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएका हुन् […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। […]
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति बनाएका छन् । एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् । एमालेको कार्यदलमा पार्टी एकताका लागि १० बुँदे सहमति भए पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता […]
काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोलेका थिए, “रुकुमको सोतीमा दलितका कारण घटना भएको हो । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।” यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, […]
बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । महाशाखाको नियमित बुलेटिनमा आज बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै […]
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री […]
काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको […]
२९ असार, काठमाडौं । सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मंगलबार ५ बज्न एक घण्टा अगाडि […]
नागरिक रैबार/बाजुरा २८ असार । सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराले सडक प्रदर्शन गरेको छ । नेकपा एमाले ओली समुह निकट युवा सघं नेपाल र अनेरास्वबियु बाजुराले सोमबार सर्वोच्च अदालतले गरेको फैसला प्रति सडक प्रर्दशन गरेर बिरोध गरेको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेकाे भन्दै युवा सँघले […]
नागरिक रैबार/बाजुरा २८ असार। जिल्लाको बडीमालिका नगरपालिका ८ र ९ को विचमा पर्ने बाउलीखोलाको काठेपुल जोखिम्मा परेको छ । निरन्तरको वर्षासंगै बाउलीखोलामा आएको बाढीले सो क्षेत्रमा बनाईएको काठेपुल जोखिम्मा पर्दै गएको हो । जिल्लाको पुर्वीउत्तरी सहित बडीमालिका नगरपालिकाको ७ नम्बर वडाका स्थानीयहरुको आवतजावतका लागि बनाईएको काठेपुल जोखिम्मा परेपछि स्थानीयहरुलाई मार्तडी बजारमा दैनिक आवतजावत गर्न समस्या […]
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । ३० वैशाखमा संविधानको […]
नागरिक रैबार/बाजुरा २७ असार। बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपालले सडक प्रर्दशन गरेको छ । आईतबार राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुले मोटरसाईकल र्याली सहित सदरमुकाम मार्तडी बजार परिक्रममा गरेर सडक प्रर्दशन गरेको हो । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा […]
नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ क्युडिका बाढीपीडितलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाको सहयोगमा उक्त वडाका बाढीपीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप खाद्यन्न र बस्नका लागि त्रिपाल वितरण गरिएको हो । क्यूडीमा गएको जेष्ठ २७ गते देखि असार ३ गते सम्म आएको मनसुन वर्षाका कारण क्यूडी वस्ती पूणर्रुपमा जोखिममा […]
नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ को डाँडामा रहेको रावलवाडा र घामताप्ने बस्ति पहिरोको उच्च जोखिम्मा परेको छ । निरन्तरको वर्षासंगै बस्तीतलबाट पहिरो खस्न थालेपछि चैडिल र डाँडाको रावलबाडा बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो ।त्यस्तै बस्ती माथिबाट खसेको पहिरोले घामताप्नेका ६ बढी घरपरिवार पनि जोखिम्मा परेको स्थानीय पुणर् विकले बताएका […]
२७ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए । गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले […]