होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिला नेतृत्वमाथि घोर अपमान भयो : अन्तरपार्टी महिला संजाल
समाचार

महिला नेतृत्वमाथि घोर अपमान भयो : अन्तरपार्टी महिला संजाल

  • नागरिक रैबार
महिला नेतृत्वमाथि घोर अपमान भयो : अन्तरपार्टी महिला संजाल

नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक र तस्वीर सहितको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अन्तरपार्टी महिला संजाल बाजुराले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।

शुक्रबार अन्तरपार्टी महिला संजाल बाजुराले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था हुँदाहुँदै पनि महिला भएकै कारण उपप्रमुख विष्टलाई मात्र लक्षित गरेर अतिरन्जित समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाका सबै राजनितिक दलहका महिला पदाधिकारीहरुको साँझा संगठन अन्तरपार्टी महिला सञ्जालले स्थानिय तहका महिला नेतृत्व माथि लागातार संबिधानले दिएको अधिकार प्रयोग गरेको प्रति लक्षीत गदै होच्याउँने र ब्यइजत गर्ने तरीकाले केही संचार माध्याममा समाचार आएको प्रति ध्यानाक्रशण भएको भन्दै बिज्ञप्ती मार्फत आपत्ति जनाएको हो ।

विज्ञापन

अन्तरपार्टी महिला संजाल बाजुराकी अध्यक्ष कमल कुमारी शाहद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा  सुदूर पश्चिम सरकारले स्थानिय तहका पदाधिकारीको तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७६(पहिलो संशोधन सहित)ले ब्यवस्था गरे अनुसार पुरुष पदाधिकारीले पनि सेवा लिएका तर महिलाले मात्र लिएको जसरी प्रचार बाजी गरीएकाे उल्लेख गरीएकाे छ। त्यस्ता समाचारले महिलालाई गम्भीर असर पर्ने भन्दै बिज्ञप्ती मार्फत  ध्यानाक्रशण भएको जनाएको छ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार